News

स्याङ्जामा जीप दुर्घटना, १ जनाको ज्यान गयाे, ६ को अवस्था गम्भीर

स्याङ्जा – स्याङ्जाको भीरकोटमा आज बिहान जीप दुर्घ’टना हुँदा एक जनाको ज्या’न गएको छ भने ६ जना गम्भीर घा’इते भएका छन् ।भीरकोटको बानेथोकबाट बयारघारी बजारका लागि छुटेको ग १ ज ४९४० नम्बरको जीप भीरकोट ४ कै सेन्थुम्का नजिकै दु’र्घटनामा परेको हो । दुर्घटनामा परि  घा’इते भएका भीरकोट ३ का अन्दाजी ३६ वर्षका गणेशजंग अधिकारीको उपचारका क्रममा कालिका सामुदायिक अस्पताल हेलुमा ज्या’न गएको प्रहरीले जनाएको छ ।

त्यस्तै अन्य ६ जना घा’इतेहरुको पनि हेलुमा प्राथमिक उपचार गरी थप उपचारका लागि पोखरा लगिँदै गरेको भीरकोट ५ का वडा अध्यक्ष यामप्रसाद अधिकारी लक्ष्मणले जानकारी दिनुभयो । घा’इतेहरु सबै भीरकोट ३ का हुन् । अविरल वर्षाका कारण बाटो चिप्लो हुँदा दु’र्घटना भएको हुन सक्ने प्रहरीको अनुमान छ । (फाइल तस्बिर)

Related Articles

Back to top button