News

बाढीले अर्को ऐतिहासिक धरोहर पनि धरापमा, २७ वर्ष यताकै उच्च बिन्दुमा पुग्यो कालीगण्डकी

काठमाडौं । लगातारको वर्षाका कारण कालीगण्डकी नदीमा बढेको बहावले आसपासको क्षेत्र जोखिममा परेको छ । स्याङ्जा, गुल्मी र पर्वतको संगमस्थलमा रहेको सेतीबेनी बजार डुबानमा परेको छ । त्यस्तै रिडी, रानीमहललगायतका क्षेत्रमा पनि पानीको बहाव उच्च देखिएको छ । रानीमहल क्षेत्र वरिपरि डुबानमा परेको छ ।

निरन्तरको वर्षाका कारण कालीगण्डकी नदीमा पानीको बहाव झण्डै तीन दशक यताकै उच्च बिन्दुमा पुगेको छ । मुस्ताङबाट सुरु भई म्याग्दी, पर्वत र बागलुङ हुँदै बग्ने कालीगण्डकी नदीमा पानीको सतह २७ वर्ष यताकै उच्च बिन्दुमा पुगेको हो ।

विसं २०५० साउनमा कालीगण्डकी नदीले नौ गेज मिटरको उचाइ छोएको थियो । २७ वर्षपछि यसपटक पनि उक्त बिन्दु पार गरेको कालीगण्डकीमा गेज मिटर मापन (पानीको बहाव मापन) गर्दै आएका स्थानीय गेज रिडर कृष्णबहादुर सुवेदीले जानकारी दिए ।
तस्बिर बिमल पाण्डे

Related Articles

Back to top button