News

डोटीको पहिरो :एकको मृ’त्यु, दुई घा’इते

डोटी :चार दिनदेखिको अबिरल बर्षाका कारण गएको पहिरोमा परेर डो’टीमा एक जनाको मृ’त्यु भएको छ । बुधबार बिहानै गएको पहि’रोमा परेर दुई जना घा’इते भएका छन् ।जिल्लाको केआईसिंह गाउँपालिका- ३ बासुदेवीको रौवा भन्ने स्थानमा पहिरो गएको हो । खानेपानी बनाउन गएका बेला माथिबाट खसेको पहिरोमा परी एक जनाको मृत्यु भएको र दुई जना घा’इते भएको केआईसिंह गाउँपालिकाका कर्मचारी डम्बर भट्टले जानकारी दिए ।

मृ’त्यु हुनेमा देउकाँडाका ६५ वर्षिय खडकबहादुर बम रहेका छन् । बमसँगै गएका बासुदेवीको झिंगाबस्तीका १३ वर्षीया पुनी कुँवर र १६ वर्षीया पुजा कुँवर घाइते भएका हुन् । घा’इतेको हात र टाउकोमा गहिरो चोट लागेको बताइएको छ ।घा’इतेहरुको उपचारका लागि अस्पताल लैजाने काम भइरहेको गाउँपालिकाकाले जनाएको छ ।(फाइल तस्बिर)

Related Articles

Back to top button