News

दाङमा पनि उस्तै छ अवस्था : रातभर राप्ती नदीको भँगालोमा थुनिए ४ जना, विहान यसरी गरियो उद्दार

काठमाडौ । लगातारको वर्षाका कारण मुलुकभरका नदीहरुको वहाव बढेको छ । नदी किनारका वस्ती जोखिममा परेका छन् । सिन्धुपाल्चोकमा सबैभन्दा बढी क्षती भएको छ । यता दाङमा पनि लगातारको वर्षाले राप्ती नदिमा आएको बाढीले आसपासका वस्ती जोखिममा परेका छन् । रातभर बाढीमा फसेका चार जनालाई बुधवार प्रहरीले उद्दार गरेको छ ।

लमही नगरपालिका–७ हस्नापुरमा भैंसी चराउन गएका बेला राप्ती नदीका दुई भँगालोको बीचमा थुनिएका थिए । उनीहरु रातभर सोही भंगालोमा बसेका थिए । उनीहरुलाई बिहान उद्धार गरिएको सशस्त्र प्रहरी बल अर्जुनखोलाका प्रहरी उपरीक्षक यादव विश्वकर्माले बताए ।

लमही नगरपालिका–७ का ४८ वर्षीय मनराम चौधरी, राजपुर गाउँपालिका–२ की ४५ वर्षीया सावित्रा यादव, सोही ठाउँका २६ वर्षीय राधे यादव र राजपुर–३ का २६ वर्षीय गणेश यादव राप्ती नदिको भंगालोमा परेका हुन् । मंगलबार राति १२ बजेसम्म प्रयास गर्दा पनि उद्धार सम्भव नभएपछि विहान प्रहरी गएको हो । अहिले राप्ती नदी आसपासमा सतर्कता अपनाइएको छ ।

ठाउँठाउँमा पहिरो जाँदा तुलसीपुर–सल्यान र घोराही–होलेरी सडकखण्ड अवरुद्ध भएको छ । सडक अवरुद्ध भएपछि यातायातका साधन बाटोमा अलपत्र परेका छन् । पहिरो हटाउने क्रम जारी रहेको जिल्ला प्रहरीले जनाएको छ । फाइल तस्बिर

Related Articles

Back to top button