News

बाढीबाट सिन्धुपाल्चोकमा ७ जनाको मृत्य : मेलम्ची बजार डुबेेछि घरको छतमा फस्यो मान्छे

काठमाडौं, २ असार । मंगलबार साँझ आएको भिषण बाढी र पहिरोमा परि सिन्धुपाल्चोकमा कम्तिमा सात जनाको मृत्यु भएको छ ।

मेलम्ची र हेलम्बुमा आएको बाढी–पहिरोले ठुलो क्षति गरेको प्रमुख जिल्ला अधिकारी अरुण कुमार पोखरेलले जानकारी दिए । मेलम्ची खोला उर्लिंदा मेलम्ची बजारमा डुबेको छ । जिल्ला प्रहरीका अनुसार अहिलेसम्म दुई पक्की मोटरबेलसहित आधा दर्जन झोलुंगे पुल र दर्जनौ घर बगेको विवरण आएको छ ।

सडकहरु पनि भत्किएकाले यातायात सम्पर्क विच्छेद भएको छ । अहिले सेनाको हेलिकप्टर मार्फत त्यहाँ उद्दारको कोशिस भैरहेको छ । खोलामा अझै पनि पानीको बहाव नघटेकोले सतर्कता अपनाउनु पर्ने प्रमुख जिल्ला अधिकारी पोखरेलले बताए ।

Related Articles

Back to top button