News

बुवाको क्रिया बसेका ४ दिदीबहिनी

दोलखा । छोरीले बुबा-आमाको काजक्रिया गर्न नहुने हिन्दु परम्परालाई तोड्दै दोलखाका ४ दिदी बहिनी बुबाको काजक्रियामा बसेका छन् ।  जिलाको बैत्यश्वर गाँउपालिकाको वडा नम्बर ४ का दाहाल परीवारका छोरीहरुले आफ्ना बुबाको काजक्रिया आफै गरेका हुन् ।

हिन्दु परम्परा अनुसार छोरा नभएका बुबाआमाको मृत्यु भएमा छोरीहरले काजक्रिया गर्न नपाइने परम्परा रहँदै आएको छ । छोराहरु नभएको अवस्थामा मृतकका दाजु भाईले काजक्रिया गर्ने परम्परा चलिआएको छ । तर बैत्यश्वरका ४ दिदी बहिनीहरुले भने बुबाको काजक्रियाका लागि सेतो कपडा लगाएर १३ दिनको कर्मकाण्ड गरिरहेका छन् ।दम रोगबाट ग्रसित उनीहरुका बुबा निलप्रसाद दाहालको शनिबार ८४ वर्षमा निधन भयो । त्यसपछि उनकी श्रीमती र ४ छोरीहरु छोराकै हैसियतमा का’जक्रि’या गरिरहेका छन् ।

६ मध्ये २ छोरीको बिहे भइसकेकाले काजक्रियामा नबसेको स्थानीय सुजता खतिवडाले बताउनुभयो । उहाँका अनुसार अहिले मृतकका २३ बर्षिया कल्पना दाहाल २० बर्षिया सम्झना दाहाल , १८ बर्षिया बिनीता दाहाल कोरामा र १२ बर्षिया जेनिशा दाहालसहित आमा रुपमाया दाहालले काजक्रिया गरिरहेका छन् । छोराहरुले मात्र बाबुआमाको काजक्रिया गर्नुपर्छ भन्ने असमान परम्परालाई तोड्दै दिदबिहिनीहरु समाजमा उदाहरणीय बनेको उहाँ बताउनु हुन्छ ।

विवाहित २ दिदीहरुलाई भने आफूहरुले नै काजक्रियामा सामेल नगराएको काजक्रियामा बसेकी कल्पाना दाहालले बताउनुभयो । उनीहरुले छोराहरुले मात्र बाबु-माको मृत्यु संस्कार गर्नुपर्छ भन्ने मान्यताको तोडिदिएको स्थानीय बताउछन् ।‘छोराछोरी दुवै बराबर हुन् । छोरीले पनि बाबुआमाको काजक्रिया गर्नुपर्छ भन्ने एउटा महत्वपूर्ण सन्देश हाम्रो समाज लाई यी छोरीहरुले दिएका छन्’, छिमेकी सुजता खतिवडा भन्नुहुन्छ ।(न्युज २४ बाट)

Related Articles

Back to top button