News

सिन्धुपाल्चोकमा बाढीः ५० जनाभन्दा बढी बे’पत्ता, ठूलो परिमाणमा भौतिक क्षति

काठमाडौं–सिन्धुपाल्चोकमा गएको मंगलबार राती मेलम्ची र इन्द्रावती नदीमा आएको बाढी परी ५० जनाभन्दा बढी बेपत्ता भएका छन् । 

बाढीमा परी सदरमुकाम चौतारा र हेलम्बु गाउँपालिका क्षेत्रका सर्वसाधारण बेपत्ता भएका हुन् । स्थानीयका अनुसार बाढीमा परी ५० जनाभन्दा बढी बेपत्ता भएका छन् । यता जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका डीएसपी प्रकाश सापकोटाले बाढीमा परी ४ जना व्यक्ति बेपत्ता भएको जानकारी दिएका छन् ।
बाढीले ठूलो मानवीय र भौतिक क्षति पुगेको छ । बाढीले मेलम्ची खानेपानीको ड्याम, तिम्बु बजार, चनौटे बजार, तालामाराङ बजार, मेलम्ची बजार, क्षतविक्षत बनाएको छ । नाकोते पूल, तिम्बु पूल, फट्टे पूल, मेलम्ची पूल, बाहुनेपाटी पूल, ढाँडखोला पूल बगाएको छ । बाढी र माटोको लेदोले मेलम्ची क्षेत्रका पक्की घरका संरचनामा पनि क्षति पुगेको स्थानीयले जानकारी दिएका छन् ।

आज बिहानैदेखि घटनास्थलहरुमा प्रहरी टोली, सशस्त्र प्रहरीको टोली खटिएको छ । बाढी पहिरो नरोकिएकाले पैदलस्थलबाट सबै घटनास्थल पुग्न समस्या परेको छ । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री शेरबहादुर तामाङले  प्राकृतिक बिपत्तिमा सबैलाई संयमता पूर्वक उद्दार र राहातमा जुटन हार्दिक अपिल गर्नु भएकाे छ । 

उहाँले फेसबुकमा लेख्नु भएकाे छ, मेलम्ची र ईन्द्रावती नदीमा आएको भिषण बाढीले ५० औँ जना बेपत्ता भएको,  मेलम्ची खानेपानी ड्याम समाप्त गरेको, तिम्बु बजार, चनौटे बजार, तालामाराङ बजार, मेलम्ची बजार, याङ्री क्षतबिक्षत बनाएको छ । नाकोते पूल, तिम्बु पूल, फट्टे पूल, मेलम्ची पूल, बाहुनेपाटी पूल सम्पूर्ण बगाएको छ । नदी किनाराका सम्पूर्ण संरचना ध्वस्त बनाएर अरबौंको क्षति पूर्‍याएको छ । यो प्राकृतिक बिपत्तिमा सबैलाई संयमता पूर्वक उद्दार र राहातमा जुटन हार्दिक अपील गर्दछु । 

मन्त्री तामाङको अपीलमा ‘आजै टेण्ट र खाध्यान्न जुन जुन बस्तीमा क्षति भएको छ त्यहाँ खसाल्छौं । स्थानीय जनतामा जसको घर बगाएको छ वहाँहरुलाई घर हुनेहरुले आश्रय दिनुहुन अपिल गर्दछु । अन्तरास्ट्रिय समुदायलाई यो बिपत्तिमा साथदिन अपिल गर्दछु । मलाई सम्पर्क गर्न ९८५१०४०८२१ मा गर्नुहोला । मेरो स्वकिय सचिव निर्मल बन्जारा  ९८५११७५३१० हो । स्थानीय प्रशासन र जनप्रतिनिधिहरुसंग प्रत्यक्ष सम्पर्कमा रहनुहोला  । आजै निरिक्षण हुने जानकारी गराउँदछु । खोलाको बहाव झनझन बढिरहेकाले सप्तकोसीसम्मका बासिन्दहरुलाई सचेत र सुरक्षित रहन अपिल गर्दछु ।’ लेखिएको छ । 

सिन्धुपालचोकका प्रमुख जिल्ला अधिकारी अरुण पोखरेलले क्षतिको विवरण संकलन र राहत, उद्धरामा स्थानीय प्रशासन जुटेको जानकारी दिनु भएको छ । 

Related Articles

Back to top button