काठमाडौं । मेलम्चीको होटल रोजको छ्तमा दुईजना युवाहरु उद्वारको लागि गुहार मागिरहेका छन् । उक्त होटलको छतमात्र देखिन्छ । साथै, होटलको वरिपरि खोलाले घेरेको हुनाले तत्काल हेलिकप्टरबाट उद्वार गर्नुपर्ने देखिएको छ ।
रासस प्रतिनिधि आदित्य दाहालले स्वास्थ्यमन्त्री शेरवहादुर तामा ङलाई सामाजिक सञ्जालमा मेन्सन गर्दै लेखेको स्टाटस हो यो । उनले मेलम्चीमा आएको बाढीको तस्बिर सार्वजनिक गर्दै यस्तो गुहार लगाएका हुन् ।
मेलम्चीको एक भवनमा दुई जनाले उद्धारका लागि गुहार मागिरहेको बताएका छन्। उनले फेसबुकमा लेखेका छन्, ‘मेलम्चीको होटल रोजको छ्तमा दुईजना युवाहरु उद्धारको लागि गुहार मागिरहेका छन्। उक्त होटलको छतमात्र देखिन्छ। साथै, होटलको वरिपरि खोलाले घेरेको हुनाले तत्काल हेलिकप्टरबाट उद्धार गर्नुपर्ने देखिएको छ।’
इन्द्रावती र मेलम्ची नदीमा आएको भीषण बाढीले मेलम्ची बजार लागायत क्षेत्रमामा आज बिहान ५ बजेसम्म पुराएको क्षति भन्दै उनले एक भिडियो पनि सार्वजनिक गरेका छन् । ठूलो संख्यामा मानवीय क्षति लगायत पुल, पार्क, कभर्ड हल लगायत अरबौंको भौतिक क्षति भएको उनले बताएका छन् । उनले मेलम्ची आसपासमा रहेका वजार र गाउँका पक्की संरचना बाहेक अरु केही पनि बाँकी नरहेको बताएका छन् ।