International

युईएफए युरोकप : पोर्चुगलको सानदार जित

काठमाडौं। युईएफए युरोकप २०२० फुटबलमा पोर्चुगलले सानदार जित हासिल गर्दै सुखद सुरुवात गरेको छ। मंगलबार हंगेरीको पुस्कास एरिना स्टेडिएममा पाहुना टोलि पोर्चुगले हंगेरीलाई ३ – ० गोल अन्तरले पराजित गर्दै सुखद सुरुवात गरेको हो।

पोर्चुगलका लागि कप्तान क्रिस्टियानो रोनाल्डोले दुई र राफायल गुरारोले एक गोल गरे। खेलको अधिकांश समय गोलका लागि संर्घष गरेको डिफेन्डिङ च्याम्पियन पोर्चुगलले खेलको अन्तिम समयमा ७ मिनेटमा ३ गोल गरेको थियो।

खेलको अन्तिम समय ८५ औं मिनेटमा राफायल गुरारोले गोल गर्दै पोर्चुगलको गोलको खडेरी तोडेका थिए। ८७ औं मिनेटमा पोर्चुगोलले पेनाल्टी पाएपछि रोनाल्डोले गोल गर्दै पोर्चुगोललाई २ – ० को अग्रता दिलाए।

त्यसलगत्तै थपिएको इन्जुरी समयको ९२ मिनेटमा रोनाल्डोले व्यक्तिगत दोस्रो गोल गर्दै पोर्चुगललाई ३ – ० को जित दिलाएका हुन।

समूह ‘एफ’ अर्थात गुरुप अफ डेथमा पोर्चुगलले महत्वपूर्ण जित निकाल्दै तीन अंक बटुलेको छ।

Related Articles

Back to top button