News

मेलम्ची नदीमा भिषण बाढी : ५ जना बेपत्ता

मेलम्ची । अबिरल वर्षासँगै मेलम्ची नदीमा भिषण बाढी आएको छ । बाढीले नदी किनार आसपासमा रहेका घरहरु बगाएका छन् भने बाढीले कम्तीमा पनि ५ जना बेपत्ता भएको स्थानीयले बताएका छन् ।

हेलम्बु गाउँपालिका १ नाकोते नजिकैबाट मंगलबार बेलुकी पहिरो गएको थियो । पहिरोले नदी थुनिएको र खोलाको वहाव समेत बढेपछि मेलम्ची खोला एक्कासी उर्लेको स्थानीयले जानकारी दिएका छन् । रातीको समय भएकाले उद्धारका लागि सुरक्षाकर्मी पुग्न सकेका छैनन् । ‘हामीले सबैलाई सुरक्षती रहन मात्रै भनेका छौ,अहिले जान सक्ने अवस्था छैन ।’ जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका डीएसपी प्रकाश सापकोटाले भने ।

मेलम्ची खोलामा आएको बाढीले नदी आसपासमा सञ्चालन गरेको ट्राउट माछा फर्म सबै बगाएको स्थानीयले जानकारी दिएका छन् । हेलम्बु गाउँपालिकाको तिम्बु,चनौटे लगायतका बजारमा समेत बाढीले क्षती बनाएको छ । हेलम्बुको नाकोतेमा आएको पहिरोले स्थानीयमा भागदौड भएको स्थानीय दोर्जे लामाले जानकारी दिए ।

Related Articles

Back to top button