News

गण्डक ब्यारेजकाे सबै ढोका खोलियो

नवलपरासी – लगातार भइरहेकाे वर्षाका कारण नारायणी नदीमा पानीको बहाव बढ्न थालेपछि गण्डक ब्यारेजका सबै ढोका खोलिएको छ ।
मङ्गलवार नारायणी नदीको देवघाट जल मापन केन्द्रमा नदीले चे तावनीको सतह पार गरेपछि यस क्षेत्रमा हुन सक्ने जो खिमलाई ध्यानमा राख्दै गण्डक ब्यारेजका सबै ३६ वटा ढोका खोलिएको नवलपरासी पूर्व नवलपुरका प्रमुख जिल्ला अधिकारी मनमाया पंगेनीले जानकारी दिनुभयो ।
गण्डक ब्यारेजमा ढोका खोल्ने समयमा दुई लाख क्युसेक पानी मापन गरिएको थियो ।

सोमवारदेखि परेको लगातारको पानीका कारण नारायणी नदीमा पानीको बहाव बढ्दा यसले पुर्‍याउने क्षतिलाई ध्यानमा राख्दै भारतीय पक्षसँगको समन्वयमा सबै ढोका खोलिएको पंगेनीले बताउनुभयो ।

गण्डक ब्यारेजमा दुई लाख पचास हजार क्युसेक पानीलाई चे तावनीको तह र तीन लाख क्युसेक पानीलाई ख तराको तह मानिन्छ । पानीको सतहले चे तावनीको तह पार गर्नुअघि नै दुवै पक्षको सहमतिमा सबै ढोका खोलिएको उहाँले बताउनुभयो । 

निमार्णको समयमा गण्डक ब्यारेजको क्षमता सात लाख क्युसेक प्रतिसेकेन्ड भए पनि अहिले यसले चारदेखि पाँच लाख क्युसेक प्रतिसेकेन्ड मात्र भार बहन गर्न सक्ने अनुमान छ । नदीमा पानीको सतह बढेपछि गण्डक कमान्डका स्थानीयवासीलाई सजगता अपनाउन जिल्ला प्रशासन कार्यालय नवलपरासी पूर्वले आग्रह गरेको छ ।

अविरल वर्षाका कारण नवलपुरसहित देशभरको जनजीवन प्रभावित भएको छ । नवलपुरमा भने अहिलेसम्म केही अप्रिय घटना नभएको भए पनि नदी तटीय क्षेत्रका स्थानीयवासीलाई स र्तक रहन प्रशासनले अनुरोध गरेको छ । नवलपुरको पहाडी क्षेत्रमा पहिरो र भित्री मधेशमा बाढी तथा तल्लो क्षेत्रमा डु बानको जो खिम रहने गर्छ ।

नवलपुरको गिरुवारी, अरुण खोला, विनयी, केरुङ्गे, लोकाहा, बौलाह, झरही, जय श्री लगायतका खोलामा बढ्दो पानीको सतहका कारण जो खिम रहेको छ । यस आसपासमा जमिन कटानसहित बा ढी र डु बानको ख तरा रहने हुँदा त्यसतर्फ स जग रहन प्रशासनले अनुरोध गरेको हो ।

जिल्लाको मध्यविन्दु नगरपालिकाको विभिन्न ठाउँ, कावासोती नगरपालिकाको केरुङ्ग क्षेत्र र नारायणी तटीय क्षेत्र, रजहर, पिप्रेहनी, गैंडाकोट, त्रिवेणी लगायतको क्षेत्रमा बर्सेनि बाढी तथा डुबानले ठूलो क्ष ति पुर्‍याउने गरेको छ । 

यस वर्ष मनसुनको आगमनसँगै यसको प्रभावको पूर्व आँकलन गर्ने र त्यसबाट हुन सक्ने क्ष तिलाई सक्दो कम गर्ने गरी जिल्ला विपद् व्यवस्थापन समितिले तयारी गरिरहेको प्रमुख जिल्ला अधिकारी पंगेनीले बताउनुभयो । त्यही योजना अन्तर्गत नारायणी नदीमा पानीको सतह बढ्न थालेपछि नै सबै ढोका खुला गरिसकेको उहाँले बताउनुभयो ।

गएकाे वर्ष मध्यविन्दु नगरपालिका–३ रतनपुर क्षेत्रमा नारायणी नदीले बस्ती क्षेत्रमा नै कटान गरेको थियो । त्यस्तै त्यस कटान क्षेत्रबाट पानी पसेको खण्डमा मध्यविन्दु नगरपालिकाको नदी तटीय क्षेत्रमा ठूलो क्ष ति पुग्न सक्ने अनुमानसमेत गरिएको थियो । विगतमा समयमा व्यवस्थापन गर्न ध्यान नपुग्दा भएको क्षति र जो खिम न्यूनीकरणमा विपद् व्यवस्थापन समितिलाई सजग गरेको पंगेनीले बताउनुभयो ।  

Related Articles

Back to top button