News

कहिले खुल्छ आन्तरिक उडान ? ब्यवसायी भन्छन् ‘हामी डुब्न लाग्यौँ-अब धान्न सक्दैनौं’

काठमाडौ । माहामारीको दोस्रो लहरका कारण जारी गरिएको लकडाउन अहिले खुकुलो पार्ने क्रममा छ । उपत्यकाका जिल्ला प्रशासन कार्यालयहरुले स्वास्थ्य मापदण्ड पालना गराउँदै केही सेवा खुकुलो बनाएा छन् । तर लामो दुरीको यातायात र हवाई सेवा भने बन्द छन् । निषेधाज्ञा केही खुकुलो हुन थालेपछि अब हवाई उडान पनि सुचारु गराउनुपर्ने माग हवाई क्षेत्रमा लागेकाहरुले गरेका छन् ।

उनीहरुले बारम्बार मन्त्रालयमा ताकेता गर्न थालेका छन् । लामो समयसम्म उडान बन्द हुँदा ठूलो क्षति व्यहोर्नुपरेको र कम्पनी नै धराशायी भएको भन्दै उनीहरुले उडान सञ्चालन गर्न सरकारसँग माग गरेका छन् । हवाई सेवा सुरक्षित भएको दावी गर्दै स्वास्थ्य मापदण्ड पालना गरेर सुचारु गर्न माग गरेका हुन् ।

कम्पनी बन्द गर्नुपर्ने परिस्थिति आए धेरैको रोजगारी जाने भन्दै उनले अब तत्काल उडान सुरु नभए कर्मचारी कटौतीसँगै तलब कटौती गर्नुपर्ने भन्दै सरकारलाई संचालन अनुमति दिन दवाव दिइरहेका छन् ।

वायुसेवा कम्पनी लिमिटेडले यसअघि नै असार १ देखि आन्तरिक उडान खुलाउनका लागि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्राललाई पत्र लेखिसकेको छ । यसवारे निर्णय सीसीएमसी गर्ने भएकाले मन्त्रालयले सो पत्र उतै पठाएको छ । आन्तरिक वायु सेवा कम्पनीले सीसीएमसीले पालना गर्न भनेको सबै स्वास्थ्य मापदण्ड अपनाएर उडान भर्न तयार रहेको जनाएको छ ।

मन्त्रालयले सीसीएमसीको सिफारिस कुरेको जनाएको छ । सीसीएमसीले सिफारिस नगर्दा सम्म मन्त्रालयले यसवारे निर्णय गर्न नसक्ने मन्त्रालयका अधिकारीको भनाई छ ।

Related Articles

Back to top button