News

सुरु भयो बाढीको वितण्डा! घर र पुल बगायो

काठमाडौ । लगातारको वर्षाका कारण केही स्थानमा वाढी र पहिरोले वितण्डा सुरु भएको छ । मनाङमा बाढीले क्षति पुर्‍याउन थालेको समाचार आएको छ । जिल्लामा बाढीले केही पुल र घर बगाएका छन्। केही बस्ती डुबानमा परेका छन्।तर अहिले क्षतीको विवरण संकलन भइसकेको छैन । बाढी घट्ने र बढ्ने भइरहेको बताइएको छ । बाढी कहिले घट्ने कहिले बढ्ने भइरहेकाले जोखिम कायमै रहेको भन्दै सचेतना अपनाउन जिल्ला प्रशासन कार्यालयले सर्वसाधारणलाई आग्रह गरेको छ ।

‘उद्धार र राहतका लागि अब एकछिनमा सुरक्षा समितिको बैठक बस्ने सहायक प्रमुख जिल्ला अधिकारी शारदा प्रसाद चालिसेले जानकारी दिएका छन् । प्रारम्भिक जानकारीअनुसार तिमाङ भन्ने स्थानका दुवै पुल, चामेका तीनवटै पुल तथा चामेमा एउटा घर बगाएको सहायक प्रमुख जिल्ला अधिकारी चालिसेको भनाई छ ।लगातार दुई दिन देखि भइरहेको वर्षाका कारण देशका विभिन्न नदी र खोलामा बाढी आएको छ । लगातारको पानीले केही नदीहरुमा पानीको बहाव उल्लेख्य बढेका कारण डुवान र वाढी र खतरा बढेकोे छ ।

नारायणी नदीमा पानीको बहाव बढ्दा कास्कीको लुम्ले र चितवनको चर्खरेमा जोखिम बढेको जल तथा मौसम विज्ञान विभागको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ ।त्यस्तै, गण्डकी नदीमा पानीको बहाव बढ्दा म्याग्दीको घोरेपानी तथा नवलपरासीको अरुण नदी र आसपासका क्षेत्रमा जोखिम बढेको छ । सो क्षेत्रका बासीन्दालाई सावधानी अपनाउन आग्रह गरिएको छ ।

मौसम पूर्वानुमान महाशाखाले अघिल्लो वर्षहरुमा भन्दा यो वर्ष अत्याधिक वर्षा हुने भएकाले सतर्क अपनाउन र जोखिम न्युनिकरणका लागि तयारी गर्न समेत सावधान गराएको छ ।दुई दिनको वर्षाले कालीगण्डकी, तिनाउ, पश्चिम राप्ती, बबई, भेरी र यसका सहायक नदी जलाधार लगायत लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको चुरे र तराई भइ बहने केही साना नदीमा पनि बहाव उल्लेख्य बढ्नसक्ने अनुमान गरिएको छ ।

Related Articles

Back to top button