News
लगातार बर्षाले पर्वतको सेती वेणीबजार डुवानमा
सोमवारदेखि परेको अविरल वर्षाका कारण विश्वकै ठूलो शालिग्राम शिला र शिला क्षेत्रमा रहेको बजार डुवानमा परेको छ ।
पर्वत, स्याङजा र गुल्मीको सिमानामा पर्ने पर्वतको विहादी गाउँपालिका ६ सेतीवेणीमा रहेको विश्वकै ठूलो शालिग्राम शिला र स्याङ्जा तर्फको बजार डुवानमा परेको हो ।
कालीगण्डकीमा पानीको सतह २८ वर्ष यताकै उच्च विन्दुमा पुगेको बताइएको छ । बिहान ४ बजेदेखि बजार क्षेत्र डुवानमा पर्न थालेपछि १० घर विस्थापित बनेको स्थानीयले बतए ।
बजार र शिला डुवानमा परेसँगै उक्त स्थानका बासिन्दा आतंकित बनेका छन् । नदीको बहाब उर्लिएर बजार क्षेत्रमै आइपुगेको छ ।
बजारवासीलाई संरक्षणका लागि बनाएको तटबन्ध र ग्याबीयन समेत पानीले पुरिएको छ। कालीगण्डकी र सेती खोला दुवैको बहाब उच्च हुँदा समस्या भएको हो ।