चर्चित गायक बिष्णु खत्री र जुना श्रिस को आवाजमा मौलिक सालैजो गीत ” संगैका साथी” सार्वजनिक (भिडियो सहित)
काठमाण्डौ – धौलागिरीका लोकप्रिय गायक तथा सर्जकको नाम लिनुपर्दा विष्णु खत्रीको नाम सबै भन्दा अग्रस्थानमा आँउछ । उनी खत्रीले भर्खर मात्र निकै मौलिक सालैजो गीत “सँगैका साथी” भर्खर मात्र सार्वजनिक भएको छ ।लोप्रिय गायिका जुना श्री मगर र विष्णु खत्रीको आवाज रहेको सो गीतलाई खत्री आफैले सिर्जना गरेका हुन । आफ्ना हरेक गीतमा फरक पन र मौलिकता दिन खत्रीले यो गीतमा पनि आफ्नो विशेषतालाई गीतमा उतारेका छन् ।
दर्जनौं उत्कृष्ट गीत सार्वजनिक गरेर सबैको मन जित्न सफल गायक खत्रीले यो गीतबाट पनि सबैको माया पाउने आशा ब्यक्त गर्नुभयो । गीतमा लोमश शर्मा र रुविना अधिकारीको अभिनय रहेको छ भने होम गुरुङको निर्देशन रहेको छ ।गीतलाई विष्णु खत्रीको आफ्नै युउटुव च्यानलबाट सार्वजनिक गरिएको छ ।
भिडियो हेर्नुहोस्
यो पनी पढौं
काठमाडौं किसानी दाईको हलो र जुवा,बेशी खोला खेत जस्ता कालजयी बर्खे गीतहरुका होनहार सर्जक तथा अग्रज गायक बिष्णु खत्रीको नया बर्खे गीत ’बर्खा’ बजारमा आएको पनी एक बर्ष भयो ।बिष्णु खत्रीको सृजना आउनु अगाडिनै बेग्लै चर्चा हुने गर्छ सांगीतिक बजारमा।माहोल तात्छ उनको सृजना बजारमा आउदा।
पछिल्लो समय असारे भाकाहरु बजारमा आउननै छाडेको परिवेसमा पनि बिष्णु खत्रीले फेरी एक पटक आम लोक गीत संगीत प्रेमी मनहरुको प्यासलाइ तिर्खा मेटाउने कोसिस गरेका छन।नेपाली लोक दोहोरीको क्षेत्रमा बिगत लामो समय देखि साधना गर्दै एउटा अब्बल सर्जकको नाम पाएका खत्रीको यो सृजनाले १ वर्षमै राम्रो सफलता समेत पाएको छ । अब त बर्खा सुरु भयो फेरी बजार तताउनेमा दुईमत छैन।
गीतमा बिष्णु खत्री र जुना श्रीषले आवाज दिएका छन।बिष्णु खत्रीको लय तथा शब्द सृजनामा बजारमा आएको उक्त गीतमा अभिनय पनि बिष्णु खत्री आफैले आफ्नै गाउँमा दृश्य निर्माण गरेका छन ।खत्रीलाई महिला मोडलमा अप्सना थापाले साथ् दिएकी छिन।शिबन पोख्रेलको निर्देशन र करण चैसिरको छायांकनमा तयार भएको उक्त गीत बिष्णु खत्रिकै अफिसियल युटुब च्यानल मार्फत बजारमा भएको थियो ।एक पटक सम्मान स्वरूप यो गीत हेरौ र सेयर गरौ : फेरी यो वर्षपनी फेरी सफलता पाउने छ भन्ने आसा राखौ ।
आउनुहोस् गीतको भिडियो हेरौ: