News

भारतीय सेनाले पहिलो पटक नेपाली महिलाका लागि भर्ती खोल्यो, योग्यता कति चाहिन्छ ?

काठमाडौँ। नेपाली महिलालाई भारतीय सेनामा भर्ना खुलेको छ । भारतीय आर्मीले महिला मिलिटरी पुलिस पदका लागि पहिलोपल्ट नेपाली महिलाबाट पनि भर्ना लिने भएको हो ।

भारतीय आर्मीले नेपालीसहित १०० जना महिला मिलिटरी पुलिसका लागि आवेदन आह्वान गरेको छ । इच्छुकहरुले भारतीय सेनाको वेबसाइटमा गएर अनलाईन आवेदन दिन सक्ने व्यवस्था गरिएको छ । भर्ना हुन चाहनेले आगामी जुलाई २० तारिखसम्म आवेदन दिन सक्नेछन् ।

आवेदन दिनेको उमेर १७ वर्ष पूरा भई २१ वर्ष ननाघेको हुनुपर्नेछ । सन् २००० देखि २००४ सम्म जन्मिएको हुनुपर्ने उल्लेख छ । शहीद परिवारको हकमा भने उमेर हद ३० वर्षसम्म राखिएको छ ।कक्षा १० पास गरेको र जम्मा ४५ प्रतिशत ल्याएको हुनुपर्ने उल्लेख छ ।

अम्बाला, जबलपुर, बेल्गाम, पुने, लखनाउ, शिलोङबाट भर्ना खुल्ने उल्लेख गरिएको छ । अनलाईनबाट प्राप्त हुने प्रवेश कार्डमा छनोटको मिति र स्थान दिइनेछ ।शारीरिकको हकमा १६ सय मिटर दौड, ८ मिनेट लङजम्प, १० फिट हाइजम्प आवश्यक पर्ने उल्लेख छ ।त्यसअघि सबैको प्रवेश परीक्षाका रुपमा लिखित परीक्षा लिइनेछन् ।

Related Articles

Back to top button