यी हुन् आजदेखि निषेधाज्ञा थप भएका जिल्लाहरु (विवरणसहित)
काठमाण्डाै – काठमाण्डौ उपत्यकासहित देशका ७० वटा जिल्लामा निषेधाज्ञा थप भएको छ । गृह मन्त्रालयको पछिल्लो विवरणअनुसार धेरैजसो जिल्लाले असारको पहिलो हप्तासम्म निषेधाज्ञा थप गरेका छन् ।
सुनसरी, बझाङ, मुगु, लमजुङ र रुकुम पूर्वकाे भने निषेधाज्ञा थप भएको विवरण प्राप्त भइ नसकेको गृह मन्त्रालयले जनाएको छ । सबैजसो जिल्लामा जनजीवनलाई केही खुकुलो बनाउँदै निषेधाज्ञा थपिएको छ ।
निषेधाज्ञा खुकुलाे बनाउँदै लगिए पनि स्वास्थ्य मापदण्डलाई भने अझै पूर्णरूपमा पालना गर्न भने छाेड्न नहुने डाक्टरहरूले बताउँदै आएका छन् ।
कोभिड-१९ को सङ्क्रमण राेकथाम तथा नियन्त्रणका लागि विभिन्न जिल्लामा निषेधाज्ञा लगाइँदै आएकाे छ । काेराेना राेकथामका लागि अवस्था हेरेर निषेधाज्ञा लगाउने अधिकार सरकारले स्थानीय प्रशासनलाई नै दिएकाे छ ।
निषेधाज्ञा थपिएका जिल्लामध्ये ताप्लेजुङ र मुस्ताङमा भने जिल्लाभर लागू हुनेछैन ।