लगातारको वर्षाका कारण खोलामा आएको बा’ढीले बगाउँदा २ जना बे’पत्ता
बाजुरा: बाजुराका खोलामा आएको बाढीले बगाउँदा २ जना बे’पत्ता भएका छन्। सोमबार जिल्लाको त्रिवेणी नगरपालिकामा अविरल वर्षासँगै किम्नी खोलामा आएको बाढीले बगाउँदा सोही नगरपालिका–५ किम्नीका घुरे बुढाका १३ वर्षीय छोरा कमल बुढा बे’पत्ता भएका हुन्। बेप”त्ता भएका बालकको खोजी कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी निरीक्षक धनदेव साउँदल बताए।
सोमबार नै बुढीनन्दा नगपालिका–३ सिराडीको लौठी रुखकी ३६ वर्षीया मोतीकला पनि बे’पत्ता भएकी छिन्।गाउँ नजिकै रहेको बड्डीगाड खोलाले बगाएर ल्याएका दाउरा संकलन गर्ने क्रममा बाढीले ब’गाएको स्थानीय धनबहादुर बोहराले बताएका छन्।
यो पनि : खोप लगाएपछि एउटा कार उपहार लिएर जानुहोस, यो देशले गर्यो अचम्मको अफर ! एजेन्सी । संक्रमणको महामारी रोकथामका लागि विश्वभर खोप अभियान प्रयोग भइरहेको छ। खोपका लागि सर्वसाधारणको चासो बढाउन विश्वमा अनेकौ उपाय अपनाइएको छ । खोप लगाउनेलाई विभिन्न पुरस्कारको ब्यवस्था गरिएका छन् । तर रसियामा भने निकै आकर्षक अफर छ । रसियाले आफ्नो देशका नागरिकहरूलाई खोपका लागि प्रोत्साहन गर्न अनौठो अफर गरेको छ । रसियामा सर्वसाधारणले खोपका लागि चासो नदेखाएपछि १० लाख मुल्य पर्ने कार अफर गरेको छ ।
मस्कोका मेयर सर्गेई सोब्यानिनले आइतवार घोषणा गरेर खोप लगाउनेहरुलाई १० लाख मुल्य पर्ने नयाँ कार सित्तैमा दिने बताएका छन् । यसको साथसाथै उनले आशा व्यक्त गरे कि यसले खोपको दरमा सुधार ल्याउनेछ । सित्तैमा महंगो कार पाउने भएपछि मानिसहरु खोप लगाउन आउने आशा गरिएको छ ।
मेयरको घोषणा अनुसार १८ वर्ष भन्दा माथिका कोही पनि ब्यक्ति १४ जुनवाट पहिलो खोपको डोज लगाउँछ भने त्यो यो उपहारको योजनामा पर्नेछ । यो खोप लिन मानिसहरूलाई आकर्षित गर्ने यो अनौठो योजना जुलाई ११ सम्म चल्नेछ। अर्को चार हप्तामा, कम्तिमा ५ कारहरू प्रत्येक हप्ता लकी ड्रमा प्रदान गरिनेछ। मास्को मेयरको पहलमा करिब २० वटा कार दिइने सम्भावना छ मानिसहरूलाई खोप केन्द्रहरूमा लैजान यो निकै आकर्षक उपहार मानिएको छ ।
मस्को रसियामा सबैभन्दा बढी प्रभावित शहरहरू मध्ये एक हो। मेयरले भने कि मस्कोले बिरामीहरूका लागि हजारौं अस्थायी अस्पतालहरु निर्माण गरिएका छन् । बासिन्दाहरूलाई भाइरसको फैलावट रोक्न सहयोगको लागि यस हप्ता घरभित्रै बस्न भनिएको छ । तर यो अस्थायी समाधान भन्दै मेयरले खोपका लागि सबैलाई आग्रह गरेका छन् । उनले एक ब्लग लेख्दै यस्तो आग्रह गरेका हुन् ।