News

पहिरोले माइती घरनै पुर्यो, एकै ठाउँमा २५ जना बिते ! भाग्यले बाँचेकी चेली यस्तो अवस्थामा (भिडियोसहित)

मकवानपुरको राक्सीराङ गाउँपालिका वाड नम्वर ८ देवीटारमा तुलसीमाया चेपाङको पसल छ । त्यही देवीटार, जहाँ २०५९ सालको बिनासकारी पहिरोमा परी २५ जनाले ज्यान गुमाएका थिए । २०५९ साउन ६ गतेको त्यो रातले तुलसीमायालाई अझै पनि तर्साउछ ।

पहिरोमा परी उनको माइती घरका १२ जनाको ज्यान गयो । उनकै घरका २ सदस्यको पनि पहिरोमा परी मृत्यु भयो । मृत्यु भएका २५ मध्ये एक जनाको मात्रै शव भेटियो । ‘हेलिकप्टर आयो दिनभरी खोज्यो, मेरो माइतीका कोही पनि फेला परेनन्’ तुलसीमायाले भनिन्, ‘६ बर्षको एउटा भाइ बाँचेको रहेछ ।’

उनको माइतीका सबै सदस्यको मृत्यु हुँदा उनको कान्छो भाइ भने बाँचेका थिए । पहिरोमा सबै परिवार गुमाएको भनेर भाइलाई कसैले काठमाण्डौ ल्याएर पढाउन थाले । त्यो रातको घटनापछि लामो समयसम्म उनको भाइसँग भेट समेत भएन ।

अहिले भाईसँग भेट भएको छ । माइघरनै पुरिएको भन्दै दुखी हुँदै आएकी उनी भाइ सम्पर्कमा आएपछि भने खुसी भएकी छन् । ‘चाडपर्व आउँदा धेरै मन रुन्थ्यो’ उनले भनिन्, ‘अब भाइ आयो खुसी लागेको छ ।’

Related Articles

Back to top button