मोडल निशा घिमिरेको उपचारमा करिश्मा मानन्धर र रेजिना उप्रेतीको सहयोग
काठमाडौं – मोडल निशा घिमिरेको उपचारको लागि सहयोगी हातहरु बढ्न थालेका छन् । गत वर्ष भारतको देहरादुनमा सडक दुर्घटनामा परेर गम्भीर घाइते भएकी मोडल घिमिरेलाई बिहिबार थापाथलीस्थित नर्भिक अस्पतालमा भर्ना गरिएको थियो । अस्पतालमा उपचाररत घिमिरेको अहिले स्वास्थ्य अवस्था सुधार हुँदै गइरहेको छ ।
यस्तै मोडल घिमिरेको उपचारको लागि अभिनेत्री द्वय करिश्मा मानन्धर र रेजिना उप्रेतीले पनि सहयोग गरेका छन् । उनीहरुले शनिवार मोडल घिमिरेको घरमै पुगेर उनका पितालाई सहयोग रकम हस्तान्तरण गरेका हुन् ।
मोडल घिमिरेको उपचारको लागि करिश्माले २५ हजार र रेजिनाले १० हजार सहयोग गरेका हुन् । यस्तै मोडल घिमिरेको उपचारको लागि चलचित्र कल्याणकारी कोषले ५१ हजार रुपैयाँ सहयोग गरेको छ ।
भारतमा दुर्घटनामा परेर गम्भीर घाइते भएपछि उनको लामो समय काठमाडौंको ट्रमा सेन्टरमा उपचार गरिएको थियो । गत विहिबार पुन उनलाई नर्भिकमा भर्ना गरी उपचार सुरु गरिएको हो । निशाले फिल्म ‘मधेशीपुत्र २’ अभिनय गरेकी छिन् । भने तीन दर्जन भन्दा बढी म्युजिक भिडियोमा अभिनय गरेकी छिन् ।