News

गायिका पूर्णकला बिसी एक्कासी अस्पतालमा भर्ना, यस्तो अबस्थामा भेटिइन

लोकप्रिय लोकदोहोरी गायिका पूर्णकला बिसी अस्पतालमा भर्ना भएकी छिन।पारिवारिक श्रोतका अनुसार उनको पित्ता थैलीमा समस्या देखिएपछि अप्रेशन गरिएको हो।सबैको मन जितेकी गायिका बिसीलाई यो समस्या देखिएपछि परिवार चिन्तित थियो। उनको सफल सल्यक्रिया भएको पूर्णकलाका श्रीमानले जानकारी दिएका हुन्।

ग्रिन सिटि अस्पतालमा उनको उपचार भैरहेको छ। केहि दिन अगाडी मात्रै उनले आवाज दिएको नया गीत सातै जुनी बजारमा छ भने अन्य गीतमा पनि उनि निरन्तर आवाज दिदै आएकी थिइन।अस्पतालले २ हप्ता अझै आराम गर्न बिसीलाई सुझाब दिईएको पारिवारिक श्रोतले जानकारी दिएको हो।

पित्ता थैलीको सफल सल्यक्रिया संगै उनि अहिले अस्पतालको बेडमै आराम गरिरहेकी छिन।दोहोरी गीतमा पूर्णकला बिसिको निकै ठुलो योगदान छ।उनि हाल राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालमा पनि बिशेष पदमा रहेकी छिन भने अन्य बिभिन्न संघ सस्थामा पनि संलग्न छिन।

केहि दिनमै रमाईलो टेलिभिजन मार्फत र आलाप स्टुडियो मार्फत प्रशारणमा आउन लागेको कार्यक्रम आलाप दोहोरी प्रतियोगितामा पनि उनि कार्यक्रम प्रस्तोताको रुपमा रहेकी छिन।पूर्णकलालाइ छिट्टै निको होस् स्वास्थ्य लाभको कामना ।

Related Articles

Back to top button