यी हुन् असार १ गतेबाट सञ्चालन गर्न सकिने सेवाहरु (सूचीसहित)
काठमाडौँ । केही सुविधाहरु खुकुलो बनाएर काठमाडौँ उपत्यकामा निषेधाज्ञा असार ७ गतेसम्म लम्ब्याइने भएको छ । आइतवार बसेको उपत्यकाका तीनै जिल्ला ९काठमाडौँ, भक्तपुर र ललितपुर०का प्रमुख जिल्ला अधिकारीहरुको बैठकले केही खुकुलो बनाउँदै निषेधाज्ञा एक साता थप गर्ने निर्णय गरेको हो ।
यी हुन् सञ्चालन गर्न सकिने कार्यहरु
– औषधी, खाद्यवस्तु तथा अन्य अत्यावश्यक उपभोग्य बस्तु, सेवा खरिद वा लिनु पर्दा मात्र घरबाट लिन पाइने ।
– शैक्षिक संस्थाहरुले अनलाइन तथा भर्चुअल माध्यमबात पठनपाठन कार्यहरु सञ्चालन गर्न सक्ने ।
– वैदेशिक अध्ययन तथा ईडीभीका कारण विदेश जानुपर्ने व्यक्तिहरुका लागि कुटनीतिक नियोग तथा अन्य निकायबाट हुने भिसा प्रक्रियाका कार्यहरु संञ्चालन गर्ने ।
– तरकारी फलफूल खाद्यान्न, दूध डेरी, मासु, खानेपानी, ग्यास पसलहरु किराना पसल र डिपार्टमेन्टल स्टोर९ग्रोसरी मात्र० बिहान ११ बजेसम्म खुला गर्न पाइने । राति ९ बजेदेखि विहान ११ बजेसम्म स्थानीय ढुवानी गर्न पाइने ।
– पुस्तक पसल र प्रिन्टिङ प्रेसको हकमा विहान ११ बेजसम्म सञ्चालन गर्ने । विकास निर्माणजन्य सामाग्रीका पसलहरु – छड, सिमेन्ट, बिजुलीका सामान, स्यानिटर, हार्डवेयर पसल० दिउँसो ४ बजेपछि सञ्चालन गर्न सक्ने ।
– अत्यावश्यक वस्तुहरुको अनलाइन तथा टेक अवे सेवा होम डेलिभरी प्रयोजनका लागि काठमाडौँ उपत्यकाभित्र मात्र साँझ ७ बजेसम्म सञ्चालन गर्न सक्ने ।
– सवारी साधन मर्मताका लागि वर्कसपहरु बेलुका ९ बजेसम्म सञ्चालन गर्न पाइने ।
– विवाह बर्तबन्धको हकमा स्वास्थ्य सुरक्षाको पालना गरेर सात जनासम्म जान पाइने ।
– ब्रतवबन्ध वा विवाहमा एउटा गाडी प्रयोग गर्न पाइने ।
– हवाई टिकट, पासपोर्ट, भिसा हुनेहरुलाई अन्तर्राष्ट्रिय उडानबाट आवतजावत गर्न एयरपोर्टसम्म जानको लागि सवारी साधनको सहजीकरण गर्ने ।
– हप्तामा २ दिन खुल्ने गरी सहकारी संस्था तथा रेमिटहरु आइतबार र बिहीबार सञ्चालन गर्ने ।