NewsVideo

क्याप्टेन विजय लामा ५०० घरलाई पुग्ने खाद्यान्नसहित यसरी पुगे ,आफ्नो ज्यानको प्रवाह छैन तर कोहि म र्नु हुदैन् ,यशो भन्छन् उनी (हेर्नुस् भिडियो )

विजय लामा नेपाल एयरलाइन्सका सिनियर क्याप्टेन हुन् । नेपालमा ठूला जहाज उडाउने अहिले ४ जना चालक छन् । तीमध्येका एक हुन् उनी । सन् १९८५ देखि पाइलट पेसामा आबद्ध भएपछि १९८८ बाट भने नेपाल एयरलाइन्समा जागिरे भएका उनी अहिले पनि नेपाल एयरलाइन्सका बिमान उडाउँछन् ।

साहसी, आँटिलो र मानवता भएको विमान चालकमा समेत आफूलाई चिनाउँदै आएका लामा राम्रो कलाकार हुन् । विसं २०४० मा निर्माण भएको ‘आदर्श नारी’ फिल्मबाट अभिनेताका रूपमा अभिनय सुरु गरेका उनको अभिनय यात्रा अहिले पनि जारी छ ।

उनी अभिनयलाई दोस्रो पेसासमेत मान्छन् । गायक, टेलिभिजन प्रस्तोताका रूपमा पनि चिनिएका लामाले करिब ५० वटा नेपाली फिल्म, हलिउड फिल्म, थुप्रै म्युजिक भिडियो र टेलिशृङ्खलामा समेत अभिनय गरिसकेका छन् । आफैले विमान हाँकेर २० बढी देशमा पुगेका लामाले कोरोना समयमा जोखिम मोलेर विदेशमा अलपत्र नेपालीलाई स्वदेश ल्याउने काम गरेका थिए।

यो लकडाउनको विषम परिस्थितिमा धेरै नेपालिहरुलाई एकदमै गाह्राे भैरहेको अवस्था छ कोहिले ज्यान गु मा उनु पर्यो त कोहि अस्पतालमा लम्पसार भएर थन्किन बिबस छन् त कोहि अक्सिजनको कमिमा छ ट् पटाइरहेका छन् त कोहिलाई आइसियु भेन्टिलेटर नपाउदा ज्यान गुमाउन बाध्य छन् ।

यस्तो अवस्थामा तिनै क्याप्टेन विजय लामा लगभक ५०० घरलाई पुग्ने खाद्यान्न लिएर सिन्धुपाल्चोक पुगेका छन् ।उनी स्वयमलाई समेत कोरोनाको पहिलो लहरले भेटिसकेको थियो तर पनि जनताका निम्ति उनको प्रेम र देश प्रति उनको प्रेमकै कारण उनले आफ्नो ज्यानको अलिकति पनि पर्वाह नगरि यसरी देशमा गल्लिगल्लिमा गएर रोगबाट भन्दा पनि भोकबाट म र्ने हरुलाई जोगाउने प्रयत्न गर्दैछन् ,साचै महान छन् क्याप्टेन विजय लामा ।

हेर्नुस् भिडियो सामाग्री

Related Articles

Back to top button