एक युवकले जीप चोरेर दुर्घटना गराइदिए
धनगढी: धनगढीमा पार्किङ गरी राखिएको जीप एक युवकले चोरेर लगेका छन्। तर ती युवकले चोरेर लगेको जीप दुर्घटनाग्रस्त अवस्थामा फेला परेेको हो ।

बिहीबार राति धनगढी बसपार्कस्थित बझाङको छविसपाथिभेरा–५ का खड्कबहादुर चलाउनेले आफ्नो बा१४च १६४४ नम्बरको बोलेरो जीप पार्किङ गरेर राखे। बझाङमा व्यवसाय गर्दै आएका चलाउने सामान लग्न धनगढी आएका थिए।

उनले राति जीप नवीन होटल बाहिर पार्किङ गरेका थिए। तर बिहान उठ्दा उनको जीप त्यहाँ थिएन। प्रहरीलाई जानकारी गराएपछि उनको जीप गोदावरीको जंगलमा भेटियो तर नालीमा छिरेको अवस्थामा।

खासमा उनी सुतेका बेला एक युवकले झ्यालबाट जीपको चाबी चोरेर लगेका रहेछन्। जीप स्र्टाट गरेर उनैले गोदावरीसम्म लगेको प्रहरी अनुसन्धानबाट खुलेको छ।

प्रहरीले जीप चोरेर दुर्घटना गराएको आरोपमा कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–२ का २७ वर्षीय करनसिंह धामीलाई प्रहरीले पक्राउ गरेको छ।