प्यूठान : वैदेशिक रोजगार भारत बाट घर जादा बाटौमै अलपत्र परेका तथा भारत बाट यो कोरोना कालमा घर जान चाहाने का लागी भगवान बनेर आए नेपाली काङ्ग्रेस प्युठान का यूवा नेता प्रमोद पोखरेल भारत देखी आएर बोडरमा अलपत्र परेका प्यूठान बासी लाई पोखरेल ले आइतवार सकुशल प्यूठान पुर्याएका छन।
आइतबार उनले ३८ जना प्युठान बासीलाई सकुशल प्युठान पुर्याएका हुन झिमरुक गाउँपालि, मल्लरानि गाउपालिका, प्युठान नगरपालिका ,मल्लरानि गाउपालिका र माण्डवि गाउपालिका गरी ३८ जना लाई उद्धार गरेका हुन ।
अलपत्र नागरिकहरुलाई गन्तव्यसम्म पु्याउने कार्यलाई यूवा नेता प्रमोद पोखरेलले निरन्तरता दिएका छन् । उनले गतवर्षको कोरोना महामारीमा पनि उद्धारका कार्य गरेका थिए । आफ्नै नीजि गाडीमा राखेर उनले जिल्लाका विभिन्न ठाउँका नागरिकहरुलाई घरसम्म पु्याउने गरेका छन् ।
सनिबार भारत का विभिन्न शहर बाट आएका लाई कृष्णनगर बोडर बाट गने आफ्नै लगानीमा बस मार्फत प्युठान सम्म उद्धार गरेका हुन भारतमा कोरोना बढेपछि उनीहरु घरतर्फ फर्केका हुन्।
पोखरेलले यस्तै अलपत्र परेका जोसुकै नागरिकहरुको पनि आफूले उद्दार गर्ने बताएका छन् । समस्यामा परेकाहरुले आफूलाई खवर गर्न समेत उनले आग्रह गरे । राजनीति क्षेत्रमा क्रियाशिल पोखरेल नेपाली कांग्रेस महाधिवेशन प्रतिनिधि हुन् ।