InternationalVideoरोचक खबर

‘खोप लगाएपछि मेरो शरीर चुम्बक बन्यो, फलामका सबै चिज टाँसिन्छन्’ (भिडियो हेर्नुहोस्)

भारतमा एक ब्यक्तिले अनौठो दावी गर्दै मिडियामा आएका छन् । उनका अनुसार हालै ति ब्यक्तिले कोभिड खोपको दुबै मात्रा लिएका थिए । त्यसपछि उनको शरीर चुम्बक बन्यो र हरेक फलामका बस्तु टाँसिन थाल्यो । यो घटना भारतको नासिकमा भएको दावी गरिएको हो ।

त्यहाँका अरविन्द सोनार नाम गरेका एक व्यक्तिले आफूले को रोना विरुद्धको खोपको दुवै डोज लिएपछि शरीरमा चुम्बकीय शक्ति विकास भएको दाबी गरेका छन् । उनले प्रमाण पेस गर्नका लागि शरीरमा स्टिलका सिक्का, चम्चा, प्लेटलगायत वस्तु टाँसिएको अवस्थामा एउटा भिडियो सामाजिक सञ्जालमा पोस्ट गरेका छन्। जुन निकै भाइरल बनेको छ ।

सोनारका अनुसार एक दिन छोराले खोप लगाएका मानिसको शरीरमा चुम्बकीय शक्ति विकास हुने गरेको बताएका थिए । ‘त्यसपछि मैले यस्तो पनि हुन्छ भनेर परीक्षण गर्ने विचार गरेँ तर आफ्नो शरीरमा चम्चा, प्लेटलगायत टाँसे’, उनले भने, ‘मेरो शरीरमा ती वस्तु सजिलै टाँसिए, यो वास्तविकता हो ।’ सोनारले करिब ५ दिनअघि एउटा निजी अस्पतालमा खोपको दोस्रो डोज लिएका थिए ।

आफूहरुलाई अन्य कुनै समस्या नरहेको उनको भनाइ छ। त्यसो त सोनारको १० वर्षअघि बाइपास सर्जरी भएको थियो। दुई वर्षदेखि उनी नियमित रुपमा डायबटिजको औषधि लिइरहेका छन् । जब आफ्नो शरीरमा स्टिल र फरामका वस्तुहरु सजिलै टाँसिन थाल्यो तब सोनारले चिकित्सकसँग परामर्श पनि गरे ।

यस विषयमा डा हामिद दाभोलकर मानव शरीरमा स्टिल र फलामका वस्तु भौतिकीको नियमविपरीत हुन्छ, यो सम्भव नै छैन भन्छन् । ‘यदि मानिसको छालामा चिल्लोपन र भ्याक्युम क्याबिटी विकास भएको छ भने यसरी स्टिल र फरामका वस्तु टाँसिने सम्भावना हुन्छ’, उनले भने, ‘तर को रोना विरुद्ध खोपमात्रै होइन अन्य खोप लगाएको अवस्थामा यो सम्भव छैन ।’ दाभोलकर अहिलेको अवस्थामा को रोनाबाट बच्ने एउटामात्रै भरपर्दो अ स्त्र भनेकै खोप हो । त्यसैले यस किसिमको हल्लाबाट बच्न आवश्यक रहेको उनको सुझाव छ ।

Related Articles

Back to top button