मोडल निशा घिमिरेले अभिनय गरेका ‘म्युजिक भिडियो’ हेर्नुहोस् (भिडियोसहित)
तीन वर्षअघिसम्म मिडियामा छाउने गरेकी मोडल घिमिरेको अहिलेको अवस्था पत्याउनै नसक्ने ‘दर्द”नाक’ रहेको छ । चलेकी मोडल निशा आर्थिक अभावका कारण उपचार नपाउँदा घरमै अर्धचेत अवस्थामा थिइन् । तीन वर्षअघि अभिनयको कोर्स पढ्न उनी भारतको देहरादुन जाँदै गर्दा सडक दु’र्घटनामा परी गम्भीर घाइते भएकी थिइन् । दुर्घटनालगत्तै उनको भारतकै अस्पतालमा उपचार गरिएको थियो । तर, त्यहाँको अस्पतालको उपचार महँगो भएपछि कमजोर आर्थिक अवस्थाका उनका अविभावकले छोरीलाई नेपालमै ल्याएका थिए । ( “आज निष्ठुरीको ” फोटो” सन् 2017 मा सार्वजनिक भएको निशा घिमिरेको म्युजिक भिडियो हेर्नु होस्)

काठमाडाैँमा ल्याएर ट्रमा सेन्टरमा राखेर तीन महिनासम्म उपचार गरेका थिए । तर, उनको अवस्थामा सुधार हुन सकेन । त्यसपछि चिकित्सकहरूकै सल्लाहअनुसार उपत्यकाका थेरापी सेन्टरहरूमा घिमिरेको लगातार थेरापी गरिएको थियो । थेरापी गर्नसमेत आर्थिक अभाव भएको र त्यहीबीचमा कोरोना महामारी फैलिएपछि उनी घ’रमै उपचारविहीन आवस्थामा थिइन् ।( सन् 2017 मै सार्वजनिक भएको निशा को अर्को म्यूजिक भिडियो)

‘आमाबुबा दैनिक ज्यालादारी गर्न जानुपर्ने भएकोले उनको पर्याप्त हेरविचारसमेत हुन सकेन ।’ नवजीवन परोपकार समाजका सञ्चालक दुर्गानाथ दाहालले भने, ‘कलाकार घिमिरेको दर्दनाक अवस्थाको विषयमा मैले फेसबुकमा पोस्ट गरेको थिएँ, त्यसमा नर्भिककी प्र’बन्ध निर्देशक चौधरीले चासो राख्नुभयो र उहाँले आफ्नो समन्वयमा उपचार प्रबन्ध मिलाउने भनेर उ’द्धारको व्यवस्था मिलाउनुभएको हो ।’ दाहालका अनुसार दुर्घटनाअघि ६० केजीभन्दा बढी तौल रहेकी कलाकार घि’मिरे आहार, हेरविचार र उचित उपचारको अभावमा सुकेर २० केजीमा सीमित भएकी छिन् । (हामीले यहाँ उनले खेलेका केही म्युजिक भिडियोहरु प्रस्तुत गरेका छौँ
हेर्नुहोस् उक्त भिडियोहरू।।