News

प्यूठानमा कार दुर्घटना, चालकको घटनास्थलमै मृत्यु

प्यूठानमा शनिबार कार दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ ।

जिल्ला सदरमुकाम खलङ्गावाट मल्लरानी तर्फ जाँदै गरेको कोष तथा लेखा नियन्त्रण कार्यालय प्यूठानको घ १ झ ५ नम्वरको कार सडकबाट करिब ७० मिटर तल खसेर दुर्घटना भएको हो।

दुर्घटनामा कार चालक तुल्सिपुर उपमहानगरपालिका वडा नं. ४ का प्रकाश आचार्यको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय प्यूठानका प्रबक्ता,प्रहरी निरिक्षक देवीप्रसाद गैरेले जानकारी दिनुभयो । कच्ची सडकमा चिप्लेर दुर्घटना भएको हुनसक्ने प्रहरीले प्रारम्भिक अनुमान गरेको छ।

कार मल्लरानी गाउँपालिका ४ स्थित मल्लरानी नजिकै शनिबार दुर्घटना भएको गैरेले बताउनुभयो ।

Related Articles

Back to top button