काठमाडौंमा यस्तो धन्दा गर्ने दुई युवती पक्राउ
काठमाडौं, २६ फागुन । पछिल्ला दिनमा काठमाडौँ उपत्यकामा चोरहरुको बिगगिबी नै बढेको छ । पहिला केटा चोरहरुको संख्या अध्यधिक हुने गरेकोमा पछिल्ला दिनमा भने महिला पाकेटमारहरुको संख्इा बढेसँगै सर्वसाधारण झनै दिन दहाडै पाकेटमारहरुको निशानामा पर्न थालेका छन् ।
महानगरीय प्रहरी प्रभाग कंलकीका प्रमुख प्रहरी नायव निरीक्षक मिठ्ठु खड्काको नेतृत्वको टोलीले काठमाडौँ, गोंगबु ११ की २४ वर्षीया सम्झना परियार र सिन्धुपाल्चोक लिसंखु घर भई हाल काठमाडौँ मनमैजु बस्ने २३ वर्षीया सिर्जना उप्रेतीलाई नियन्त्रणमा लिएसँगै पछिल्ला दिनमा महिलाहरु पनि यो काममा संलग्न रहेको प्रहरी बताउँछ । खड्काका अनुसार उनीहरूले विगत लामो समयदेखि विभिन्न गिरोहमा संलग्न भएर चोरी गर्ने, पकेट मार्ने तथा ठग्ने काम गर्दै आएका थिए । उनीहरुलाई पकेट मार्दै गरेको अवस्थामा पक्राउ गरिएको हो ।
उनीहरूको साथबाट ३४ हजार ५५० रूपैयाँ बरामद गरिएको छ ।डिएसपी बोहोराका अनुसार उनीहरू कलंकी, कालिमाटी, बल्खु, बाफल एरियालाई आधार बनाएर पकेट मार्ने गरेको अनुसन्धानबाट खुलेको छ । उनिहरूलाई प्रहरी म्याद थप गरि महानगरीय प्रहरी वृत्त कालीमाटी राखिएको छ । उनीप्हरुमाथी थप अनुसन्धान भइरहेको छ ।