News

फुटबलर सुमन श्रेष्ठ मृत अवस्थामा भेटिए

धादिङ । तीन दिनअघि आँखु खोलामा पौडी खेल्ने क्रममा डुबेर बेपत्ता भएका धादिङका फुटबल खेलाडी सुमन श्रेष्ठ मृत अवस्थामा फेला परेका छन् ।

गत बुधबार आँखु खोलामा पौडी खेल्ने क्रममा खोलामा डुबेर बेपत्ता भएका सुमनको शब शुक्रबार (आज) फेला परेको जिल्ला प्रहरी कार्यालय, धादिङले जनाएको छ ।

प्रहरीका अनुसार सुमनको शब उनी पौडी खेल्ने क्रममा डुबेको भन्दा तीन किलोमिटर तल टारीबेसीस्थित पुल नजिकै खोलाको किनारमा ढुङ्गाले चेपेर पुरिएको अवस्थामा फेला परेको हो ।

धादिङस्थित निलकण्ठ नगरपालिका–३ का सुमन बुधबार खोलामा डुबेर बेपत्ता भएका थिए । २६ वर्षिय सुमन बिहान ८ बजे साथीहरुसँग पौडी खेल्न भन्दै आँखु खोलामा गएका थिए ।

 

Related Articles

Back to top button