यी हुन कान्छी श्रीमती बनेर भित्रिएका नेपाली नायिकाहरु !
दोस्रो विवाह गर्नु अहिलेकाे समयमा खासै ठूलाे असर पुराउछ जस्ताे देखिएकाे छैन् । धेरै नेपाली अभिनेत्रीहरुले पहिले विवाह गरेर छुट्टिसकेका श्रीमान् रोजेका छन् भने कोही दोस्री श्रीमती भएर पनि भित्रिएका छन् । हामी तिनै अभिनेत्रीबारे चर्चा गर्दैछाै ।
-संचिता लुइँटेलः
अभिनेत्री संचिता लुइँटेल र अभिनेता निखिल उप्रेती सन् २००९ मा भागेर मुम्बई पुगेपछ यी दुइले विवाह गरेको खुलेको थियो । संचिताको पहिलो विवाह छोटो समयमा नै टुटेको थियो भने निखिल जेठी श्रीमती कोपिलासँगै बस्दथे । यी दुइले विवाह गर्दा निखिलको घरमा नाबालक छोरा पनि थिए । अहिले निखिल दुबै श्रीमतीसँग मिलेर बस्ने प्रयासमा छन् ।
-रेखा थापाः
चर्चित नायिका हुन् रेखा थापा । उनी किशोरावस्थामा नै निर्माता निर्देशक छविराज ओझाकी तेस्री श्रीमती भएर भित्रिएकी थिइन् । करिब १ दशक श्रीमान् श्रीमतीको रुपमा रहेको यो जोडीको सन् २०१२ मा सम्बन्धविच्छेद गरिसकेको छ ।
-सुस्मिता केसी:
अभिनेता अनमोल केसीकी आमा सुस्मिताले विवाह गर्दा अभिनेता भुवन केसीले पहिलो श्रीमतीसँग सम्बन्धविच्छेद गरिसकेका थिए । भूवन र सुस्मिताको विवाह पनि लामो समयसम्म टिक्न सकेन । भुवन केसीको प्रेमले अहिलेपनि चर्चा पाइरहेको छ ।
-मिथिला शर्माः
मिथिला शर्मा कुशल नेपाली चर्चित अभिनेत्री हुन् । सहज र जीवन्त अभिनय गर्ने मिथिला शर्माले पूर्व प्रहरी महानिरिक्षक मोतीलाल बोहरासँग विवाह गरेकी थिइन् । बोहोराकी मिथिला दोस्रो श्रीमती हुन् । नेपाल पुलिस क्लबमा नृत्य प्रस्तुत गर्दागर्दै मिथिला र मोतीलालले एक अर्कालाई मन पराउन थालेका थिए । मिथिलाले ५० वर्ष कटेपछि सन् २०१४ मा ७४ वर्षीय मोतीलालसँग विवाह गरेकी हुन् ।
-सिम्पल खनालः
अभिनेत्री सिम्पल खनाल पछिल्लो समयमा दोस्री श्रीमती भएर विवाह गर्ने नेपाली अभिनेत्रीको सूचीमा परेकी छिन् । पहिलो बिवाह असफल भएपछि उनले बेलायत बसोबास गर्ने एक पाकिस्तानी नागरिकसँग विवाह गरेकी थिइन् । सिम्पल र उनको श्रीमानको यो दोस्रो विवाह हो ।
-शर्मिला मल्लः
शर्मिला मल्ल आफ्नो श्रीमानकाे चौथी श्रीमती हुन् । अभिनेता कृष्ण मल्लले शर्मिलाभन्दा अघि तीनजना महिलासँग विवाह गरिसकेको भएपनि त्यसपछि शर्मिलासँग नै जीवन बिताए । अहिले उनीहरुको दाम्पत्य जीवन ३० औं वर्षको चलिरहेको छ । शर्मिलाका अनुसार कृष्णले तीनजना महिलासँग विवाह गरेको कुरा उनीहरुको छोरा जन्मिसकेपछि मात्र भनेका थिए ।
-पूजा चन्दः
अभिनेत्री पूजा चन्दको पहिलो विवाह सफल हुन सकेन । उनी अमेरिकामा बस्दै गर्दा एन्जल्स ब्यान्डका गायक राजु लामासँग प्रेम सम्बन्धमा परिन् र उतै विवाह पनि गरिन् । राजु लामा र पूजा चन्दका पहिलो विवाहबाट हुर्किसकेका सन्तानहरु छन् ।