News

उपत्यकाका महानगरले तोके खोप केन्द्र कुन वडामा कहाँ छन केन्द्र ( हेर्नुहोस् )

आशा साह

काठमाडौं, जेठ २४ गते । कोरोनाभाइरस (कोभिड–१९) विरुद्धको खोप अभियानअन्तर्गत चीन सरकारले उपलब्ध गराएको भेरोसेल खोपको पहिलो मात्रा (डोज) का लागि काठमाडौं महानगरपालिका, ललितपुर महानगरपालिका र भक्तपुर नगरपालिकाले आफ्नो सबै वडामा खोप केन्द्र तोेकेको छ ।

काठमाडौं महानगरपालिकाले ३२ वटै वडामा खोप केन्द्र तोकेको छ । त्यस्तै ललितपुर महानगरपालिकाले २९ वटै वडामा र भक्तपुर नगरपालिकले पनि आफ्नो १० वटै वडामा खोप केन्द्र तोकेको छ ।

काठमाडौं महानगरपालिकाका अनुसार वडा नम्बर १ का नागरिकले नक्सालस्थित नन्दी रात्री स्कुलमा गएर खोप लगाउनुपर्ने छ । वडा नम्बर २ का नागरिकले २ नम्बर वडा कार्यालय लाजिम्पाट, वडा नम्बर २ का नागरिकले ३ नम्बर वडा कार्यालय महाराजगञ्ज कान्ती सांस्कृतिक केन्द्र, वडा नम्बर ४ का नागरिकले ४ नम्बर वटा कार्यालय बालुवाटार, वडा नम्बर ५ का नागरिकले ५ नम्बर वडा कार्यालय परिसर हाँडीगाउँ, वडा नम्बर ६ का नागरिकले महेन्द्र बौद्ध उच्च माविमा, वडा नम्बर ७ का नागरिकले ७ नम्बर वडा कार्यालय परिसर, वडा नम्बर ८ का नागरिकले गोल्डेन लाइट पार्टी प्यालेस, वडा नम्बर ९ का नागरिकले अनुपम फुडल्याण्ड बत्तिसपुतली र वडा नम्बर १० का नागरिकले म्याक डोनाल्ड पार्टी प्यालेस, मध्यबानेश्वरमा गएर खोप लगाउनु पर्नेछ ।

त्यस्तै वडा नम्बर ११ का नागरिकले विश्व निकेता स्कुलमा, वडा नम्बर १२ का नागरिकले बुद्धमाई अस्पतल टेकुमा, वडा नम्बर १३ का नागरिकले जनप्रभात मावि कालिमाटीमा, वडा नम्बर १४ का नागरिकले १४ नम्बर वडा कार्यालय भुवनेश्वरी मन्दिरमा, वडा नम्बर १५ का नागरिकले भुईखेल चौर स्वयम्भूमा, वडा नम्बर १६ का नागरिकले जुडोहल नयाँबाजरमा, वडा नम्बर १७ का नागरिकले पब्लिक युथ क्याप्पसमा, वडा नम्बर १८ का नागरिकले पुष्पलाल पार्कमा, वडा नम्बर १९ का नागरिकले १९ वडा कार्यलय परिसरमा, वडा नम्बर २० का नागरिकले शान्ती निकुञ्ज स्कुल मरुमा, वडा नम्बर २१ का नागरिकले सा.श.स्वा.क्लि. २१ वडा यंगालमा र वडा नम्बर २२ का नागरिकले टेबहाल वडा कार्यालयमा गएर खोप लगाउनु पर्नेछ ।

यसैगरी वडा नम्बर २३ का नागरिकले नव आदर्श स्कुल बसन्तपुरमा, वडा नम्बर २४ का नागरिकले इतुमबहाल, तारणी बहालमा, वडा नम्बर २५ का नागरिकले कन्या मन्दिर स्कुलमा, वडा नम्बर २६ का नागरिकले वडा परिसर लैनचौरमा, वडा नम्बर २७ का नागरिकले महाबौद्ध चोकमा, वडा नम्बर २८ का नागरिकले २८ नं. वडा कार्यालय सिटी मार्केटमा, वडा नम्बर २९ का नागरिकले बिजयस्मारक स्कुल डिल्लीबजारमा, वडा नम्बर ३० का नागरिकले ज्ञानेश्वर चोकमा, वडा नम्बर ३१ का नागरिकले ई.पि.एस. स्कुल मिनभवनमा र वडा नम्बर ३२ का नागरिकले ३२ नं. वडा कार्यालयमा गएर खोप लगाउनुपने काठमाडौं महानगरपालिकाद्वारा जारी सूचनामा उल्लेख छ ।

त्यस्तै ललितपुर महानगरपालिकाका प्रवक्ता राजु महर्जनले महानगरपालिकाको २९ वटै वडामा एक–एक खोप केन्द्र तोकेको जानकारी दिनुभयो ।

उहाँले योभन्दा अगाडि दोस्रो डोज लगाएको स्थानमै भेरोसेल खोपको पहिलो मात्रा (डोज) दिइने बताउनुभयो ।

यसैगरी भक्तपुरम नगरपालिले पनि १० वटै वडामा खोप केन्द्र तोकेको छ । त्यसोत भक्तपुर नगपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामलाल श्रेष्ठले मंगलबार पाँच वटा वडामा र बुधबार पाँच वडा वडामा खोप केन्द्र सञ्चालन गरिएको जानकारी दिनुभयो ।

मंगलबार वडा नम्बर १ भक्तपुर क्याम्पस, दूधपाटी, जनज्योति पुस्तकालय, नःपुखु, पद्म मावि दरबार क्षेत्र, तालाक्व र भनपा वडा कार्यालय, भगवती स्थानमा भेरोसेल खोपको पहिलो मात्रा (डोज) दिइने छ ।

साथै बुधबार ख्वप कलेज, देकोचा, महेश्वरी मन्दिर परिसर, ख्वप इञ्जिनियरिङ कलेज, लिवाली, दत्तात्रय आधारभूप विद्यालय, दत्तात्रय र बक्सिङ प्रशिक्षण हल, कमलविनायकमा खोप लगाइन लागेको भक्तपुर नगरपालिकाद्वारा सूचनामा उल्लेख छ ।

भेरोसेल खोपको पहिलो मात्रा (डोज) मंगलबार बिहान १० बजेदेखि अपराह्न ४ बजेसम्म ६० देखि ६४ वर्ष उमेर समूहका नागरिकलाई दिइन लागेको हो ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको जेठ १८ गतेको निर्णयका आधारमा गत शुक्रबार बसेको जिल्ला स्वास्थ्य कार्यालय र कामपाको शहरी स्वास्थ्य तथा खाद्य पदार्थ नियमन विभागबीच बसेको बैठकले हरेक वडामा एक–एक खोप केन्द्र सञ्चालन गर्ने निर्णय गरेको थियो । सोही निर्याय अनुसार कामपाले ३२ वटै वडामा खोप केन्द्र सञ्चालन गर्ने भएको हो ।

Related Articles

Back to top button