स्वर र सुन्दरताकी धनी एलिनाका (फोटो फिचर सहित)
छोटो समयमा नै निकै चर्चामा आएकी मिठो स्वरकी धनी गायिका एलिना चौहानको जन्म झापाको बिर्तामोडमा भएको हो ।उनले आफ्नो सम्पूर्ण बाल्यकाल आफ्नो परिवारसँगै झापामै बिताइन्। मध्यवर्गीय परिवार जन्मिकी एलिनाका बुबा भने उनी सानै छदा रोजगारीको लागि विदेश गएका हुन् र अझैपनि विदेशमै काम गदैं आएका छन् ।
आफ्नो बुबा साउदीको खाँडीमा पसिना बगाउँदा मन दुख्छ भन्दै आफ्नो कमाईले बुबालाई पाल्ने रहर छ भन्दै भावुक
उनले आफ्नो अध्ययनलाई भने निरन्तरता दिदै आएकी छिन् हाल उनी झापामा बीएमा अध्ययनरत छिन् ।सानै देखि गीत गाउन मनपराउने एलिना कभर गीतबाट चर्चामा आएकी हुन् ।उनी तिम्रो मायाले बाँधेर राख भन्ने कभर गीतबाट नेपाली सांगितक फाँटमा उदाएकी हुन् ।हाल उनी निकै व्यस्त गायिका मध्येमा पदर्छिन् । गायिका एलिना चौहानले एक कार्यक्रममा आफ् जति हिट भएपनि आफ्नो बुबा साउदीको खाँडीमा पसिना बगाउँदा मन दुख्छ भन्दै आफ्नो कमाईले बुबालाई पाल्ने रहर छ भन्दै भावुक भएकी थिइन् ।
उनी सामाजिक संजालमा पनि निकै सक्रिय छन् । जहाँ उनले निकै सुन्दर तस्बिर शेयर गरिरहेकी हुन्छिन् । फ्यानहरूले पनि स्वर र सुन्दरताको धनी भन्दै प्रतिक्रिया दिइरहेका हुन्छन् ।