News
मोडल निशा घिमिरे पुन: अस्पताल भर्ना
मोडल निशा घिमिरेलाई अस्पताल भर्ना गरिएको छ । गत वर्ष भारतको देहरादुनमा सडक दुर्घटनामा परेर गम्भीर घाइते भएकी निशालाई बिहिबार थापाथलीस्थित नर्भिक अस्पतालमा भर्ना गरिएको हो ।
भारतमा दुर्घटनामा परेर गम्भीर घाइते भएपछि उनको लामो समय काठमाडौंको ट्रमा सेन्टरमा उपचार गरिएको थियो । विहिबार पुन: उनलाई नर्भिकमा भर्ना गरी उपचार सुरु गरिएको पारिवारिक स्रोतले जनाएको छ ।

उनी अढाई वर्ष अघि मोडलिङ पढ्न देहरादुन पुगेकी थिइन् । त्यसबेला उनको सडक दुर्घटनामा परी ‘ब्रेन इञ्जुरी’ भएसँगै भारतमा र काठमाडौंको ट्रमा सेन्टरमा ल्याई बाँकी उपचार गरिएको थियो । निशाले तीन दर्जन भन्दा बढी म्युजिक भिडियोमा अभिनय गरेकी छिन् ।