News
आज थप ३,७४९ जनामा कोरोना संक्रमण पुष्टि, ५,२९३ जना संक्रमणमुक्त
नेपालमा पछिल्लो २४ घण्टामा देशभर ३,७४९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
९,९०१जनाको पीसीआर र ५,३३७ जनाको एन्टिजेन परीक्षणमा ३,७४९ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यो संगै हालसम्म नेपालमा कोरोना संक्रमितको संख्या ६ लाख १ हजार ६८७ पुगेको छ । त्यसैगरी पछिल्लो २४ घण्टामा ५,२९३ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै निको हुनेको संख्या ५ लाख १५ हजार ५९१ पुगेको छ ।
त्यसै गरी पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट थप ५९ जनाको मृत्यु भएको छ । यो सँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ८,२३८ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।