धरहरामा यसरी जन्मदिन मनाए राजेश हमालले, ( तस्बिर र भिडियो हेर्नुहोस् )
काठमाडौं – महानायक राजेश हमालको बुधबार आफ्नो जन्मदिन मनाएका छन् । १९६४ जुन ९ मा माता रेणु हमालको कोखमा जन्म लिएका राजेश बुधबारबाट ५४ बर्षमा प्रवेश गरेका छन् । उनले बुधबार दिनभर आफ्नो जन्मदिन धरहरा लगायत विभिन्न स्थानमा पुगी केक काटेर मनाए ।
आफुले जन्मदिन मनाएको तस्बिर र भिडियो उनले सामाजिक सञ्जालमा शेयर गरेका छन् । तस्बिर र भिडियो हेर्दा उनले जन्मदिनमा अपांगलाई पनि सहयाग गरेको देखिन्छ ।
यस्तै उनले धरहरामा मजदूरसँग पनि केक काटेको देखिन्छ । धरहरामा केक काटेको तस्बिर र भिडियो अहिले सामाजिक सञ्जालमा भाइरल बनेको छ । धराहरामा केक काटेको एक भिडियो शिवराज कार्कीले पनि शेयर गरेका छन् ।

उनले ४ बर्षअगाडि मधुसँग विवाह गरेका हुन् । उनले २०४८ सालमा फिल्म ‘युगदेखि युगसम्म’बाट अभिनय यात्रा शुरु गरेका हुन् । हालसम्म उनले धेरै फिल्ममा अभिनय गरिसकेका छन् ।
वैशाख ११ गते नवनिर्मित धरहरा उद्घाटन भए पनि सर्वसाधारण लागि खुला गरिएको छैन। तस्बिरमा उनी पत्नि मधु भट्टराईसँग देखिएका छन् ।