News

आज सूर्यग्रहण लाग्दै, नेपालमा कति छ असर ?

काठमाडौं – आज खण्डग्रास सूर्य ग्रहण लाग्ने भएको छ ।
सुदूरपूर्वी एवं उत्तर अमेरिका, मगोलिया, चीन, नर्वे, ग्रीनल्याण्ड, यूके, युरोप र प्यासिफिक क्षेत्रबाट देखिने सूर्य ग्रहणको असर नेपालमा नरहेको पञ्चाङ्ग निर्णायक समितिले जानकारी दिएको छ ।

जेठ महिनाको अमावश्यमा हुन लागेको सूर्य ग्रहण यस वर्षको पहिलो सूर्य ग्रहण हो । नेपाली समय अनुसार दिउँसो १ः५७ बजेदेखि साँझ ६ः५६ बजेसम्म रहने सूर्यग्रहण नेपालको कुनै पनि हिस्साबाट नदेखिने उनले बताए । ग्रहणको समयमा सूर्यमा कुण्डलाकार आकृति देखिने गरेको छ । सूर्य, चन्द्रमा र पृथ्वी सिधारेखामा आउँदा कुण्डलाकार सौर्य ग्रहण लाग्दछ ।

Related Articles

Back to top button