युएईमा साहुले भिडियो खिचेेपछि….
काठमाडौं। यूएईमा महिनौंदेखि चार नेपाली युवतीलाई साहुले थु’नेर या’तना दिएको समाचार प्रकाशित भएसँगै ति महिलाहरुमा न्याय पाउने आशा जाग्यो । समाचार नेपालमा भाइरल बनिरँदा ४ नेपाली चेलीको भविय अन्धकारमा पुर्याइदिएको म्यानपावर कम्पनी भने अहिलेसम्म चुप लागेको छ । मोहमद भन्ने कम्पनीका मालिकले नेपाली चेलीहरु बस्ने कोठामा सीसी क्यामरा जडान गरेको भन्दै उनीहरु भक्कानिएका छन् ।
पीडित युवतीहरुलाई रिदम ओभरसिज प्रालिले यूएईको मोहमद भन्ने कम्पनीमा काम गर्न पठाएको उनीहरुले जनाएका छन् ।
उनीहरु बस्ने, खाने, सुत्ने, लुगा फेर्ने सबै काम त्यही एउटा कोठामा गर्नु पर्ने भएकाले सबै कुरा त्यो साहुले सीसी क्यामरामा हेदै आएको रहस्य बाहिरिएपछि उनीहरुले किन यस्तो नराम्रो काम गरेको भनेर सोध्दा ति साहुजीले तिमीहरुको शरीर हेर्नका लागि यो भिडियो बनाएको भन्ने जवाफ दिएपछि नेपाली चेलीहरु मर्माहत बनेका छन् ।