News

भारतमा कोरोना संक्रमण र मृत्यु दर घट्दै, एकैदिन १ लाख ६२ हजार निको भए

काठमाडौं । भारतमा पछिल्लो समय कोरोनाभाइरसको संक्रमण दर घट्दै गइरहेको छ । दैनिक ४ लाख कोरोना संक्रमित फेला परेको भारतमा पछिल्लो समय संक्रमितको दर घट्दै गइरहेको छ ।

पछिल्लो २४ घण्टामा ९२ हजार ७१९ जनामा कोरोना संक्रमण देखिएको छ । यससँगै कोरोना संक्रमितको कुल संख्या २ करोड ९० लाख ८९ हजार ६९ जना पुगेको छ ।

यस्तै पछिल्लो २४ घण्टामा २ हजार २२२ जनाले कोरोना संक्रमणबाट ज्यान गुमाएका छन् । यससँगै हालसम्म भारतमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या ३ लाख ५३ हजार ५५७ पुगेको छ ।  यस्तै पछिल्लो २४ घण्टामा १ लाख ६२ हजार २८० जना निको भएका छन् । २ करोड ७५ लाख ४ हजार १२६ कोरोना संक्रमित निको भइसकेका छन् ।

भारतको महाराष्ट्र, राजस्थान, तामिलनाडू, पन्जाब, मध्य प्रदेश, दिल्ली, गुजरात, कर्नाटक, हरियाणा लगायतका स्थानमा पछिल्लो समय कोरोनाको बढी प्रभाव रहेको छ ।

Related Articles

Back to top button