News

कतारको उडान सुरु

कोरोना कहरबिच कतारको दोहामा उडान शुरू भएको छ । टर्की, चीन र कतारका लागि सीमित नियमित उडान खुला गर्ने सरकारी निर्णयानुसार सोमबारबाट कतारको दोहामा उडान शुरू भएको हो ।

अन्तर्राष्ट्रिय उडान पूर्णरुपमा सूचारु गर्न वैदेशिक रोजगारीमा जाने तथा फर्किने कामदार, वैदेशिक रोजगार व्यवसायी, निजी क्षेत्रका पर्यटन व्यवसायी, विदेशस्थित नेपाली राजदूत लगायतको दबाब भएपनि सरकारले सीमित गन्तव्यमा सीमित उडान अनुमति दिएको हो ।

नेपालमा कोरोना संक्रमणको जोखिम बढ्दै गएपछि सरकारले गत वैशाख २३ गतेदेखि भारत बाहेकका देशका नियमित उडान बन्द गरेको थियो । वैशाख २० गतेदेखि टर्कीको इस्तानबुलमा साताको एक उडान गर्न अनुमति दिएको नेपाल नागरिक उड्डयन प्राधिकरणले दोहाका लागि दुई उडानको अनुमति दिएको छ ।

काठमाडौं–दोहाका लागि कतार एयरवेज र नेपाल एयरलाइन्सले प्रत्येक सोमबार एक–एक उडान गर्ने छन् । साउदी अरबमा उडान प्रतिबन्ध रहेको छ । कतार हुँदै अरू देशमा रहेका नेपाली आउन पाउने भएपनि महँगो पर्ने बताइएको छ । नेपाल आउनेले कोरोना परीक्षण नेगेटिभ भएको पीसीआर रिपोर्र्टको फोटो र बारकोडसहितको रिपोर्ट साथमा ल्याउनुपर्ने छ भने नेपाल आएपछि आफ्नै खर्चमा क्वारेन्टिन बस्नुपर्नेछ ।यो खबर मध्यान्ह दैनिकमा छ ।

Related Articles

Back to top button