News

हिमालय एयरलाइन्सले यी मितिमा दमाम-काठमाडौं उडान भर्ने

हिमालय एयरलाइन्सले दमाम-काठमाडौं चार्टर उडान भर्ने भएको छ । हिमालयले जुन १४ तारीख साउदी अरबको दमाम शहरबाट काठमाडौंका लागि उडान भर्न लागिएको एयरलाइन्सका साउदी मेजर सुवास तिमिल्सिनाले जानकारी दिए ।

एयरलाइन्सका साउदी मेजर तिमिल्सिनाले व्हाट्सप ग्रुप बनाएर टिकटका बारेमा पुर्ण जानकारी दिने बताए । उनले टिकटदरका लागि हल्लाभन्दा पनि आधिकारिक जानकारी लिन समेत अनुरोध गरेको छ । व्हाट्सप ग्रुपमा वा हिमालयको दमाम काउन्टरमा टिकटदरका बारेमा जानकारी लिनसक्ने मेनेजर तिमिल्सिनाको भनाइ छ ।

त्यसैगरी (Geoland travels ) का प्रतिनिधि सुरेशराज त्रिपाठीले समेत साउदीका विभिन्न शहरबाट हिमालय एयरलाइन्सका दमाम-काठमाडौं उडानका लागि बसको व्यवस्थापन गर्नेगरी १४ जुनको टिकट लिन अनुरोध गरेको छ । प्रतिनिधि त्रिपाठीका अनुसार दमाम-काठमाडौंका लागि टिकट बिक्री भइरहेका छन् । उनले आफ्ना रियाद र दमाममा रहेका ट्राभल्सबाट टिकट लिन अनुरोध गरेको छ । प्रतिनिधि त्रिपाठीले समेत टिकट धमाधम बिक्री भइरहेको बताए पनि टिकटदरका बारेमा भने ट्राभल्समै पुगेर बुझ्न आग्रह गरे ।

यस उडानले झन्डै एक महिनादेखि आफ्ना सम्झौता सकेर वा छुट्टीका लागि नेपाल फर्किनुपर्ने र नेपालबाट साउदी आउनुपर्नेहरुका लागि थोरै राहत मिल्ने छन् । यसअघि जुन महिनाबाट कतार हुँदै नेपाल फर्कन हवाई उडान रहेको नेपाली दूतावासले सूचना निकालेका थियो । उक्त उडान झन्झटिलो र खर्चिलो हुनेभएकोले नेपालीहरु सीधा उडानको पर्खाइमा छन् ।

Related Articles

Back to top button