प्रकाश सपूत र आँचल शर्माको अभिनयमा मनछुने गीत सार्वजनिक
नायिका आँचल शर्माले गायक तथा नायक प्रकाश सपुतसँग दोश्रो पटक भिडियोमा सहकार्य गरिन् ।
‘यो विछोड हो कि माया’ बोलको गीतमा प्रकाशसँग काम गरेकी आँचलले भनिन्–‘मलाई उहाँ यति खतरा कलाकार हो भन्ने लागेको थिएनँ ।
पर्दा अगाडि त उहाँ राम्रो कलाकार हो नै, पर्दा पछाडि पनि उहाँ कुनै न कुनै भूमिकामा डुबिरहनु हुँदोरहेछ । यसैले पनि हामीलाई छायांकन गर्न सहज भयो ।’ तर, प्रकाशले साइकल चलाउन नजान्दा सुटिङ लम्बिएको आँचलले बताइन् । उनले भनिन्–‘साइकल चलाउन नजान्दा उहाँ धेरै पटक लड्नुभयो । यसैले पनि छायांकन एक दिन लम्बियो ।’
यो गीतमा गायिका रचना रिमाल र रोमन प्रकाशको स्वर छ । रचनाले आफैले आएको गीतको भिडियो हेर्दा शरीरमा धेरै पटक काँडा उम्रिएको बताइन् ।
गीतको भिडियो हेर्दा आफू रोएको पनि उनले सुनाइन् । उत्तम विचारको शब्द रहेको यो गीतमा रिमेश कुमारको संगीत छ ।
गायक तथा नायक प्रकाश सपुतले पनि नायिका आँचल शर्माको प्रशंसा गरे ।
उनले भने–‘आँचलजी निक्कै नै सहयोग हुनुहुँदोरहेछ । समयको कुरामा पनि उहाँमा परिपक्कता देखियो । बिहान ४ बजे छायांकन राख्दा पनि उहाँ तयार हुनुभयो । एउटा भिडियोका लागि उहाँको मिहिनेत तारिफयोग्य छ ।’
सरोज वलीको निर्देशनमा तयार भएको भिडियोमा विक्रम स्वारको कोरियोग्राफी, नवराज उप्रेतीको छायांकन, अमन मानन्धरको सम्पादन छ ।
गितले सवैको मन जितोस् हाम्रो तर्फबाट शुभकामना सहित गितको पुरा म्युजिक भिडियो हेर्नुहोला :