News

मदनकृष्णको स्वरमा ‘फुलबुट्टे सारी’को लेजेन्डरी भर्सन सार्वजनिक ( भिडियो सहित )

सुपरहिट गीत ‘फुलबुट्टे सारी’को लेजेन्डरी भर्सन सार्वजनिक भएको छ । राजनराज सिवाकोटीको संगीत एंव शब्द रहेको फुलबुट्टे सारीको लिजेन्डरी भर्सनमा वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठले दिएका छन् ।

राजेश पुमा राईको निर्देशन गरेको भिडियोमा मदनकृष्ण श्रेष्ठ र मिथिला शर्माले अभिनय गरेका छन् । उत्सब दाहालले खिचेको भिडियोलाई विकास दाहालले सम्पादन गरेका हुन् ।

मार्मिक लामाको मेल भर्सन र मिलन अमात्यले गाएको फिमेल भर्सन सुपरहिट भएपछि मदनकृष्ण श्रेष्ठको स्वरमा लेजेन्डरी भर्सन सार्वजनिक भएको हो ।

Related Articles

Back to top button