News

निषेधाज्ञालाई असार देखि लुज डाउन बनाउने सरकारको तयारी, के के खुल्छ ? हेर्नुहोस

सरकारले असारबाट निषेधाज्ञा खुकुलाउँदै जाने बिषयमा छलफल चलाएको छ । हालसम्म निषेधाज्ञा कोरोना भाइरस महामारीको ‘चेन ब्रेक’ गर्न सहयोगी साबित भएको गृहको निष्कर्ष छ । तर अब एक महीना लामो निषेधाज्ञालाई क्रमशः खुकुलो गर्दै लैजानुपर्ने अधिकारीहरुको भनाइ छ ।

सङ्क्रमणको गति मुलुकमा क्रमशः न्यून हुँदै गएपछि सरकारले निषेधाज्ञालाई विस्तारै खुकुलो बनाउँदै लैजाने योजना अघि सारेको हो ।

गृह मन्त्रालयका अनुसार मुलुकभर जारी गरिएको निषेधको आदेश कार्यान्वयन र सङ्क्रमणको अवस्थाबारे समीक्षा भइरहेको र त्यसैका आधामा असारदेखि कसरी अघि बढ्ने भन्ने कुराको निर्क्यौल हुने जनाइएको छ। गृह प्रवक्ता जनकराज दाहालले जिल्लाबाट रिपोर्टिङ लिने क्रम जारी रहेको जानकारी दिए ।

गत वर्ष एकैपटक खुकुलो बनाउँदा फेरि संक्रमण बढेको भन्दै गृहले यसपालि चाहिँ मोडालिटी बनाएर निश्चित क्षेत्र खोल्दै जाने तयारी गरेको छ । प्रवक्ता दाहाल भन्छन्, ‘जिल्लाको दैनिक समीक्षा प्राप्त गरिरहेका छौं, अब जनजीवनलाई सहज बनाउँदै लैजानुपर्ने छ ।’

Related Articles

Back to top button