News

के तपाईको पर्स वा हातमा पैसा टिक्दैन ? अपनाउनुस् यस्तो उपाय

काठमाडौं – धेरैको चाहना हुन्छ ! आफ्नो साथमा पैसा सधै रहिरहोस् । तर हामिले पैसा सेभिङ गर्दागर्दै पनि खर्च भइहाल्छ । हामिलाई पर्समा पैसा टिकिरहोस् भन्ने हुन्छ र विभिन्न उपायहरु सोच्छौ ।

यदि तपाइको पनि पर्समा पैसा अडिदैन भने केही उपाय अपनाउन सकिन्छ । यदि तपाई धार्मिक कुरामा विश्वास मान्नुहुन्छ भने पैसा पर्समा टिकाउने सजिलो उपाय छ ।

कुनै दिन पारेर कुनै एक नोटमा रातो रंगको धागो बाँध्नुहोस् । त्यो नोटलाई घरको मन्दिर (पुजा गर्ने स्थान) मा राधाकृष्णको मुर्ति नजिक राख्नुहोस् । पैसा राख्ने क्रममा आर्थिक अवस्थामा सुधार होस् भन्दै कामना गर्नुहोस् ।

ज्योतिष शास्त्र अनुसार त्यही राशिको नोटलाई ४१ दिनसम्म नियमित दोहोर्‍याइरहनुहोस् । यदि तपाइले ५० को नोट राख्नु भएको छ भने अरु दिन पनि ५० कै नोटमा धागोले बाध्नुहोस् ।

यो क्रम ४१ दिन सम्म एक दिन पनि नछुटाइ गर्नुहोस् । एक दिन मात्र छुट्नु भयो भने यो साधना पूर्ण हुनेछैन ।

 

Related Articles

Back to top button