उदयपुर । उदयपुरको कटारीदेखि ताप्ली गाउँपालिकातिर जाँदै गरेको बोलेरो दुर्घटना भएको छ । कुखुराको चारो लोड गरिएको बोलेरो आज (सोमबार) करिब साँझ ७ बजे सडकदेखि ४ सय मिटर तल खसेको हो ।
जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रवक्ता बेदप्रसाद गौतमका अनुसार घटनामा परी चालक गम्भीर घाइते भएका छन् । उनको उदयपुरगढी प्रहरी चौकीबाट गएको प्रहरी टोलीले उद्दार गरी कटारी हस्पीटल उपचारका लागि पठाएको छ ।
जिप्रका उदयपुरका प्रवक्ता गौतमका अनुसार २३ वर्षीय चालक आकाश राई अहिले बोल्न नसक्ने अवस्थामा कटारी हस्पीटलमा उपचार भइरहेको छ । जिल्लाको उदयपुरगढी गाउँपालिका वडा नम्बर ३ चप्लेटी भन्ने ठाउँमा दुर्घटनाग्रस्त बा १३ च ५६४८ नम्बरको बोलेर पूर्णरुपमा क्षति भएको छ ।