News

मुटुमा समस्या देखिएपछि वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठ अस्पताल भर्ना

काठमाडौं – हास्य कलाकार मदनकृष्ण श्रेष्ठ फेरि अस्पताल भर्ना भएका छन् । स्वास्थ्यमा फेरि समस्या देखिएपछि उनलाई शुक्रबार राति अस्पताल लगिएको थियो ।

छोरा यमन श्रेष्ठका अनुसार मुटुमा समस्या देखिएपछि मदनकृष्णलाई राति नै गंगलाल अस्पताल लगिएको हो । अस्पताल भर्ना भएका मदनकृष्णको मुटुको एन्जियोप्लास्टी गरिएको जनाइएको छ ।

उनको पहिले नै मुटुमा स्टिल राखिएको थियो भने अहिल दुई वटा स्टिल थपिएको जनाइएको छ । उपचार पछि मदनकृष्णलाई आईसीयूमा राखिएको यमनले बताए । अहिले भने उनको स्वास्थ्य अवस्थामा सुधार आएको छ ।

यसअघि पनि कोरोना संक्रमण देखिएपछि मदनकृष्ण अस्पताल भर्ना भएका थिए । उनी कोरोनाको उपचारपछि स्वास्थ्यमा सुधार आएको भन्दै घर फर्किएका थिए ।

 

Related Articles

Back to top button