News

सपनाको अनुरोध

काठमाडौं । सपना रोकामगरले कानून हुँदाहुँदै आफूले बोलेर हिँड्नु पर्ने आवश्यकता नभएको बताएकी छन् । आफूलाई अन्य व्यक्तिसँग जोडेर सामाजिक सञ्जालमा भइरहेको टिकाटिप्पणीका विषयमा कुरा गर्दै उनले ती विषयमा आफूले बोलिरहनु पर्ने आवश्यकता नभएको बताएकी हुन् ।उनले आफूलाई अरु कसैसँग जोडेर टिकाटिप्पणी नगरिदिन आग्रह समेत गरेकी छन् । उनले भनिन्, ‘देशमा कानून छ । दोषी कानूनले प्रमाणित गर्ने कुरा हो । यसमा म बोलेर कसैको मन दुखाउन, कसैसँग नराम्रो हुन चाहन्न ।

जे गर्छ कानूनले गर्छ । कृपया तपाइँहरु पनि यस्ता नकारात्मक टिप्पणीहरु नगरिदिनुहोला ।’उनले आफूले हिँजोको धरातल नबिर्सिएको समेत बताइन् । उनले भनिन्, ‘धेरैले सपनाले हिँजो जहाँबाट आइ त्यो ठाउँ बिर्सि, आफ्नो धरातल बिर्सि भनिरहनु भएको छ ।मैले मेरो धरातल बिर्सिएकी छैन । म आफू यो ठाउँसम्म आउन जुन संस्थाको सहायता छ म त्यो संस्थाप्रति आभारी छु । मैले त्यो संस्था किन छोडे भनेर सबै कुरा बाहिर आइसकेको छ । यसबारेमा म केही बोल्न चाहन्न ।’

Related Articles

Back to top button