गाउँमा भेटिए अचम्मका गंगा जमुना(भिडियो)
तपाईहरुले देखिरहनु भएका दिदिबहिनी गंगा र जमुना हुन् ।उनिहरु एकअर्कासग हुबहु मिल्छन् र उनिहरु जुम्लिया हुन् ।हेर्दा बिल्कुलै एउटै देखिनेहरु को गंगा को जमुना छुट्याउन पनि गाह्रो पर्छ ।जुम्लिया दिदिबहिनी यसरी मिलेर बसेको हामी धेरै देख्दै र सुन्दै पनि आएका छौ ।ताप्लेजुङ घर भएका गंगा जमुना यतिबेला भने धरानमा बसेर पढ्दैछन् ।एकअर्कामा छुट्टिन नसक्ने उनिहरु बिवाह पनि एउटै घरमा गर्ने बताउँछन् ।आज हामिले तिनै गंगा जमुना जुम्लिया दिदिबहिनीसग कुरा गरेका छौ जुन भिडियो सामाग्री तपाईहरु समक्ष पेश गर्दैछौ ।
एउटाको परीक्षा हुदैगर्दा अर्कोले गएर दिनेगरेेको घटना समेत भएको उनिहरु बताउँछन् ।बास्तवमा उनिहरु क्षेत्रिनि आमाकि तामाङ्नि छोरिहरु हुन् ।बुवा तामाङ तर आमा क्षेत्री तर बिल्कुलै तामाङ जस्तो कतेहि देखिदैनन्।बोल्ने शैली ,सालिनता र सुन्दरताको अत्याधिक परिपुरक हुन् उनिहरु ।