News

बेहुलीलाई सिन्दुर हाल्नै लाग्दा बेहुला सहित ३ जना पक्राउ

सुनसरीमा बाल विवाहका घटना श्रृखलावद्ध भइरहँदा तीन जना प क्राउ परेका छन्। सुनसरी भोक्राहा नरसिंह गाउँपालिका ३ का रामनारायण मण्डलको छोरीको विवाह समारोह चलिरहँदा तीन जना प क्राउ परेका हुन्।

रामनारायणकी १७ वर्षीया छोरी सबिताकुमारी र इनरुवा ४ का हेमनारायण मण्डलका २४ वर्षीय छोरा भरतको विवाह समारोह चलिरहँदा प्रहरीले बेहुला उनका बाबु र विवाहको चाँजोपाजो मिलाउनेलाई प क्राउ गरेको हो।

जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार प क्राउ परेका बेहुला भरत, उनका बाबु हेमनारायण र विवाहको चाँजोपाजो मिलाउने इनरुवा ८ का सुरेन्द्र मेहताबि रुद्ध प्रहरीले मुद्दा दर्ता गरि अनुसन्धान थालेको हो। तीनै जनाबि रुद्ध मुलुकी अपराध संहिता २०७४ को परिच्छेद ११ को विवाह कसुरको दफा १७३ बमोजिम मुद्दा दर्ता गरेर कारबाही प्रक्रिया अघि बढाइएको छ।

विवाह समारोहमा स्वयंवरलगायतका अन्य रीतिरिवाज कार्य सम्पन्न भएतापनि बेहुलाले बेहुलीलाई सिन्दुर हल्ने कार्य बाँकी रहँदा प क्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सुनसरीद्वारा जारि विज्ञप्तिमा उल्लेख छ। वैशाखयता सुनसरीमा बाल विवाहबिरुद्द तीनवटा मुद्दा दर्ता भइ सकेका छन्।

Related Articles

Back to top button